१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

विद्यार्थी परिषद्ले वीरगञ्जमा शिक्षा कार्यशाला गर्दै

Logo
नमो अनलाईन प्रकाशित सोमबार, आषाढ २५, २०८०

देवानगञ्ज । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल मधेश प्रदेशको आयोजनामा नेपालको समग्र शिक्षाको अवस्था, चुनौती र समाधानका विषयमा शिक्षा कार्यशाला हुने भएको छ । असार ३० गते शनिबार वीरगन्जमा कार्याशाला हुने परिषद्का कोशी र मधेष प्रदेश संगठन सचिव छितराज न्यौपानेले जानकारी दिए ।

कार्यशालामा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कार्यपत्र प्रस्तुत गर्ने छन् । उक्त कार्यपत्रमाथि मधेश विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक शाक्य, त्रिभुवन विश्वविद्यालय बन अध्ययन संस्थानका पूर्व डीन डा. जीबनाथ पाण्डे र शिक्षाविद डा. कृष्ण चन्द्र साहले टिप्पणी गर्ने छन् । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश यादव र विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले कार्यशालाको उद्घाटन गर्ने कार्यतालिका रहेको कार्यशाला संयोजक परिषद्का राष्ट्रिय छात्रा प्रमुख लक्ष्मी कर्ण दत्तले जानकारी दिइन् ।

परिषद्का मधेश प्रदेश अध्यक्ष डा. सुष्मा तिवारीले नेपालको समग्र शिक्षाको अवस्था, चुनौती र समाधान विषयक कार्यशालामा मधेश प्रदेशका आठ वटै जिल्लाबाट शिक्षासँग सरोकार राख्ने शिक्षाविद्, विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक शिक्षिका, प्राचार्य एवम् लगानीकर्ताहरूको सहभागीता रहने बताइन् ।

यसअघि परिषद्ले कोशी प्रदेशमा कार्यशाला सम्पन्न गरिसकेको कोशी र मधेष प्रदेश संगठन सचिव न्यौपानेले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]