०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

वैशाख ०५ गते बुधबारको तपाईको राशिफल

Logo
नमो संवाददाता प्रकाशित बुधबार, बैशाख ०५, २०८१

तस्विर : नमो अनलाईन

आज मिति वि.सं.२०८१ वैशाख ०५ गते बुधबार ई.सं.२०२४ अप्रिल १७ नेपाल सम्बत ११४४ चौलाथ्व नवमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, चैत शुक्ल नवमी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, शूल योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०५:३७ बजे भयो भने सूर्यास्त साँझ ०६:२९ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): भौतिक साधन जुट्ने र लाभ हुने काम प्रारम्भ गर्ने समय छ । तर आजको दिन श्रमको उचित मूल्य नमिल्न सक्छ । तपाईंका कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । अरूका लागि बुद्धि खर्चनुपर्ने योग छ । गोपनीयतामा विशेष ध्यान राख्नु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): नौलो प्रकृतिको काम शुभारम्भ गर्ने समय छ । बिनाप्रतिस्पर्धा धनलाभ होला । आर्थिक लाभ हुने दिगो काम प्रारम्भ हुन सक्छ । तर, बलजफ्ती गर्दा हानी पुग्ने सम्भावना रहला । छोटो समयमा राम्रै उपलब्धि हात पार्ने अवसर प्राप्त हुने देखिन्छ । विभिन्न भौतिक साधन संग्रह गर्ने योग छ । आरोग्यता रहनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । उपलब्धिले थप उत्साह जगाउनेछ । विभिन्न अवसर प्राप्त हुनाले मन प्रफुल्ल हुनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । पराक्रम बढ्नेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । यात्रा सफल रहला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ । समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । इनाम र प्रतिष्ठा कमाउने बेला छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट विशेष लाभ मिल्ने योग छ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धामा उत्रनुपर्ला, ध्यान राख्नुहोला । कर्मबल बढ्नेछ । आरोग्यता वृद्धि हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ । केही खर्च बढेपनि व्यवसायमा राम्रै फाइदा होला । स्वास्थ्यमा अलिक कमजोरी अनुभूति हुनेछ । मित्रजनले साथ दिनेछन् । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख शांति रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): अवसरवादीहरूले झुक्याउन सक्ने दिन छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तपाईंको मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । कमजोर मानसिकताले पछि परिएला । घरेलु समस्याले सताए पनि प्रयत्न गर्दा विभिन्न काम सम्पादन हुनेछन् । शुभचिन्तकहरूले सहयोगका लागि तत्परता देखाउनेछन् । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । व्यवसायमा लगानी बढाउन सकिनेछ । लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने योग रहेकोले प्रयत्न गर्नु हितकर होला । बेसुरमा वचन दिने बानीले दुःख दिन सक्छ, सचेत रहनुहोला । दौडधुप बढ्नेछ । तामसिक काममा आकर्षण रहला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिनमा चिताएको काममा सफलता मिल्ने देखिन्छ । साथै टाढाको यात्राको पनि योग रहेको छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्यसुखमा रमाउने समय छ । कतै अतिथिका रूपमा सम्मान पाइएला । शुभचिन्तकहरूले योजनामा साथ दिनेछन् । व्यवसायले यात्राको अवसर जुटाउन सक्छ । साझेदारीको काममा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । आरोग्यता रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन केही चुनौतीपूर्ण रहला । इर्ष्यालुजनले सताउन सक्छन् । स्वास्थ्य पनि अलिक कमजोर रहला । आश्वासन बाँड्नेहरूको भरपर्दा काम बिग्रन सक्छ । शक्तिशाली व्यक्तित्वबाटै अवरोध हुनसक्ने योग छ । कुनै बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । गीतसंगीत र रसरागात्मक काममा भने आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): दिन राम्रै छ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । आम्दानी बढ्नेछ परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । दिनको पछिल्लो प्रहर अवसरवादीहरूले अप्ठ्यारोमा पार्न सक्छन् । सावधान रहनु हितकर होला । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । रोकिएका काम बन्नुका साथै विभिन्न अवसर समेत प्राप्त हुनेछन् । नसोचेको धन लाभ हुन सक्ने योग छ । तर पहिलेको सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । व्यापारमा राम्रै फाइदा हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । आरोग्यता रहला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): शुभता बढ्नेछ । नयाँ काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूको साथ जुट्नाले मनमा उत्साह बढ्नेछ । व्यापारमा राम्रै धनलाभ होला । शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन् । प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ । चिताएको काम पनि पूरा हुन सक्छ । विभिन्न उपहार प्राप्त हुने योग छ । साझेदारीको काम बन्नेछ ।

तपाईको दिन शुभ रहोस्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । ठगी आरोपमा झापा मेचिनगरका प्रदीप राउतलाई प्रहरीले पक्राउ गरेको छ। बैंकिङ कसुर मुद्दामा संलग्न रहेको भन्दै महाराजगञ्ज प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। राउतविरुद्ध १९ लाख ५० हजार र १५ लाख गरी दुईवटा चेक बाउन्सको जाहेरी परेको थियो। मेनपावर व्यवसायको आडमा ठगी गर्दै आएका उनले करोडौंको जग्गा किन्ने बहाना गर्दै धनाढ्य व्यक्तिहरूलाई जालमा पार्ने […]

हरिनगर। हरिनगरा बहुमुखी कलेजमा संचालन भैरहेको B. Ed. प्रथम बर्षको बार्षिक परिक्षा सौहार्दपूर्ण वातावरणमा संचालन भैरहेको छ । सुनसरी स्थित हरिनगर गाउँपालिकामा रहेको पूर्वाञ्चल विश्वविद्यालयबाट मान्यता प्राप्त हरिनगरा बहुमुखी कलेजमा संचालन भैरहेको B. Ed. प्रथम बर्षको बार्षिक परिक्षा सौहार्दपूर्ण वातावरणमा संचालन भैरहेको कलेज प्रमुख बलराम मण्डलले बताउनु भयो। स्थानिय तहमै कलेज स्थापना भएपछि बाहिर गएर […]

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]