०७ जेठ २०८१, सोमबार
20-05-2024 , Mon
×

भारतीय सेना र माओवादी बिचको भिडन्तमा १८ जनाको मृत्यु

Logo
नमो संवाददाता प्रकाशित बुधबार, बैशाख ०५, २०८१

तस्विर : नमो अनलाईन

दिल्ली । सुरक्षा फौजसँगको झडपमा परी कम्तीमा १८ जना माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीले जनाएको छ। सुदूरपूर्वी राज्य छत्तीसगढमा छापामारहरूको मृत्यु भएको हो।

यो वर्ष भारतीय माओवादी समूहले प्रशासनसँगको झडपमा आफ्ना ७० भन्दा बढी लडाकुलाई गुमाउनुपरेको छ।

बस्तर जिल्लाका प्रहरी महानिरीक्षक सुन्दरराज पट्टीलिङमले एएफपीलाई बताएअनुसार राज्यको छत्तिसगढको राजधानी रायपुरको दक्षिणमा पर्ने काँकर जिल्लामा १८ जनाको मृत्यु भएको हो।

उक्त झडपमा तीन जना सुरक्षाकर्मी पनि घाइते भएका उनले बताए। छत्तीसगढमा सबैभन्दा बढी माओवादी मारिएको प्रहरीको तथ्याङ्कले देखाएको छ।

मध्य, दक्षिणी र पूर्वी राज्यहरूमा फैलिएको तर आकारमा खुम्चिएको विद्रोही बहुल ’रेड करिडोर’ मा भारतले माओवादी विद्रोहीहरूसँग लड्न दशौं हजार सुरक्षाकर्मी तैनाथ गरेको छ।

भारतमा नक्सलवादी भनेर चिनिने र ग्रामीण गरिबका लागि लडिरहेको बताउने विद्रोही समूहले सन् १९६७ देखि भूमिगत रूपमा सङ्गठन गर्दै छापामार युद्ध गर्दै आएका छन्।

नयाँ दिल्लीले दुर्गम क्षेत्रमा पूर्वाधार विकासमा करोडौं डलर लगानी गरेको छ र सन् २०२३ मा विद्रोहलाई ४५ जिल्लामा सीमित गरेको दाबी गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । छत्तीसगढको राजधानी रायपुरमा सन् २०२० मा कोरोना भाइरसका कारण ज्यान गुमाएका तीन जनाको शवको एक हजार दिनपछि अन्तिम संस्कार गरिएको छ । राजधानीको बाबा साहेब भीमराव अम्बेडकर अस्पतालमा बेवारिसे अवस्थामा यी तीनै शव कंकालमा परिणत भएका थिए । प्रशासनिक अधिकारीहरूका अनुसार गत महिना रायपुरको एउटा अखबारले राज्यको सबैभन्दा ठूलो सरकारी अस्पतालमा हजार दिनभन्दा […]

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च गर्ने भएका छन् । उनले ल्याउने नयाँ एपले युट्युबसँग उद्देश्यले नयाँ एप ल्याउन खोजेको अनुमान गरिएको छ । सो एपको नाम एक्स टीभी रहेको बताइएको छ । एक्स (पहिलेको ट्विटर) का सीईओ लिन्डाका अनुसार छिट्टै सो एप सार्वजनिक गरिँदै छ । उनले गत मंगलबार एप […]

एजेन्सी । शोले फिल्ममा बसन्तीका लागि वीरू पानीको ट्यांकीमा चढेको त सवैलाई यादै होला। तर, भारतको गोरखपुरमा ‘बसन्ती’ आफ्नो ‘वीरू’ का लागि बिजुलीको खम्वामा चढेकी छिन्। ती वसन्ती एक्लै होईन, विवाहित महिला र ३ छोराछोरीकी आमा हुन। उनले आफुसँगै आफनो प्रेमीलाई पनि सँगै राख्न पतिसँग सर्त राखेकी थिईन। तर, पतिले उनको प्रश्ताव अस्विकार गरेपछि उनी विजुलीको […]