०६ माघ २०८१, आइतबार
19-01-2025 , Sun
×

हिन्दू युवाहरुद्वार निकालेको शोभा यात्रामा मुस्लिम युवाहरुको हस्तक्षेप, प्रहरीले गरे हवाई फायर

Logo
ब्रहमदेव मेहता प्रकाशित बुधबार, बैशाख ०५, २०८१

तस्विर : नमो अनलाईन

विराटनगर । रामनवमीको अवसरमा विराटनगरमा रामनवमीको अवसरमा बिभिन्न धार्मिक संघ संस्थाले निकालेको शोभा यात्रामा मुस्लीम पक्षले अवरोध सृजना गरेपाछी झडपको स्थिती सिर्जन हुन नदिन प्रहरीले आसु ग्यासको प्रयोग गरेको छ । विराटनगर १५ स्थित रानी क्षेत्रका हिन्दू धर्ममा आस्था राख्ने युवाहरुले वृहत मोटरसाईकल सहितको शोभा यात्रा निकाल्ने क्रममा मुस्लिम युवाहरुले बाटो अवरोध गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

विराटनगर रानी १५ र १७ विचको सिमानामा मुस्लिम समुदाय र हिन्दु समुदायका युवाहरु विच झडपको स्थिती सिर्जन हुन लागेको थियो ।

घटनलाई साम्य बनाउनको लागी मोरङ प्रहरीले हवाई फायर गरी आधा दर्जन बढी अश्रु ग्यास प्रहार गरेको गरेको छ ।

थप अप्रिय घटना हुन नदिनको लागी जिल्ला प्रहरी कार्यलय मोरङले बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]