१४ जेठ २०८१, सोमबार
27-05-2024 , Mon
×

लुम्बिनीमा एकीकृत समाजवादी सरकारमा सहभागी, अधिकारी मन्त्री नियुक्त

Logo
नमो संवाददाता प्रकाशित बिहिबार, बैशाख ०६, २०८१

तस्विर : नमो अनलाईन

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादी पनि सहभागी भएको छ ।

मुख्यमन्त्री जोखबहादुर महराले समाजवादीकी सांसद भगवती अधिकारीलाई बिहीवारनै मन्त्री नियुक्त गरेका हुन् ।

उनलाई अहिले कुनै मन्त्रालयको जिम्मेवारी दिइएको छैन । अधिकारी रुपन्देहीकी हुन् ।

यसअघि उने आजै नेकपा एमालेबाट ५, माओवादी केन्द्रबाट १, जनता समाजवादी पार्टी ९जसपा०, स्वतन्त्र, नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट १/१ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए ।

लुम्बिनीमा दोस्रोपटक मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो । केन्द्रमा नयाँ समीकरण बनेसँगै लुम्बिनीमा गत चैत २३ गते नयाँ सरकार बनेको थियो ।

लुम्बिनीमा अब मन्त्रालयको संख्या बढ्ने निश्चित छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली कांग्रेसले असभ्य व्यवहार गरेको बताएका छन् । अध्यक्ष ओलीले शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेसले उत्ताउलोपन देखाएर सत्तापक्ष र मन्त्री बसेको रोमा आएको बताएका हुन् ।  उनले कांग्रेस सांसदहरुले अपशब्द प्रयोग गरेको टिप्पणी गरेका छन् । बिहीवारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका उपसभापति धनराज […]

इलाम । इलाम क्षेत्र २ मा आउँदो १५ गते उपनिर्वाचन हुँदैछ । निर्वाचनको साताअघि इलाम सदरमुकामको चोकबजारमा बिहीबार ‘नो भोट’ भन्दै सयौंको भिडमा कार्यक्रम चलिरहेको छ । अभियानमा सहभागी हुन झापातिरबाट दर्जनौं सवारी साधनमा हुलका हुल मानिस आएका छन् । र, उनीहरूले भारतीय नम्बरका सवारी साधन ल्याएका छन् । उनीहरूले ल्याएका भारतीय सवारीमा नेपालको राष्टिूय झन्डा […]

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादी पनि सहभागी भएको छ । मुख्यमन्त्री जोखबहादुर महराले समाजवादीकी सांसद भगवती अधिकारीलाई बिहीवारनै मन्त्री नियुक्त गरेका हुन् । उनलाई अहिले कुनै मन्त्रालयको जिम्मेवारी दिइएको छैन । अधिकारी रुपन्देहीकी हुन् । यसअघि उने आजै नेकपा एमालेबाट ५, माओवादी केन्द्रबाट १, जनता समाजवादी पार्टी ९जसपा०, स्वतन्त्र, नागरिक उन्मुक्ति पार्टी […]