०१ चैत्र २०८१, शनिबार
15-03-2025 , Sat
×

चीनको करिब दुई अर्ब ५० करोड लागतमा दैलेखमा पेट्रोलियम अन्वेषणको काम हुँदै

Logo
नमो संवाददाता प्रकाशित शुक्रबार, बैशाख ०७, २०८१

तस्विर : नमो अनलाईन

दैलेख  । दैलेखमा सुरु हुन लागेको पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम ड्रिलिङका लागि रिग हाउस निर्माणको काम सुरु गरिएको छ ।

जलजले आइपुगेका एक सय २० ट्रकमा आएका सामानहरूको व्यवस्थापनसँगै रिग हाउस निर्माण थालिएको हो । रुपैडिया नाकाबाट आउनुपर्ने एक सय ५० ट्रकहरूमध्ये एक सय २० ट्रक जलजले आइपुगेका छन् । दैलेखको भूभागमा रहेको पेट्रोलियम पदार्थको परिमाण पत्ता लगाउन अन्तिम अन्वेषणको कामका लागि जलजलेमा चार किलोमिटर ड्रिलिङ गर्न रिग हाउस निर्माणको काम सुरु गरिएको हो ।

निकै ठूला र धेरै तौल भएका सामानहरूको व्यवस्थापनका लागि तीनवटा क्रेनको प्रयोग गरिएको छ । ड्रिलिङ मुख्य केन्द्र मानिएको जलजलेमा करिब ३० मिटर उचाइमा बन्ने रिग हाउसको तल्लो भाग निर्माण सुरु गरिएको छ । वैशाख अन्तिमसम्म सबै सामान जलजले आइपुग्ने र जडान कार्य सम्पन्न भएसँगै अन्वेषणको काम सुरु हुने चिनियाँ प्राविधिकले बताएका छन् ।
अहिले चिनियाँ र नेपाली प्राविधिक मिलेर काम गरिरहेका छन् ।

करिब चार महिनाभित्र दैलेखमा कति परिमाणमा पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लाग्ने दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । सुरक्षाको व्यवस्थापनका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । आवश्यक परेका वेलामा २४सै घण्टा सुरक्षालगायत अन्य सबै समस्या समाधानमा सक्रियतापूर्वक भूमिका खेलेको भुसालले बताएका छन् । नेपालमा पहिलोपटक पेट्रोल अन्वेषण परियोजना सुरु हुन लागेकोमा सबै नेपालीमा खुसी छाएको नेपाली सहजकर्ता माइज हुसेनले बताए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नेपाल र चीन सरकारसँग ०७५ सालमा भएको जिटुजी सम्झौताअनुसार चीनको करिब दुई अर्ब ५० करोड लागतमा दैलेखको भूभागमा पेट्रोलियम अन्वेषणका  काम भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत चासो देखाएपछि आयोजना स्थलको अध्ययन र अनुसन्धानसँगै कामले थप तीव्रता पाएको हो ।

दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा सरकारले ४५ रोपनी जग्गा अधिग्रहण गरेर अन्तिम अन्वेषणको काम सुरु गरेको छ । प्रभावित क्षेत्र जलजलेका १७ र अन्य पालिकाका १७ जना गरेर ३४ जना स्थानीयले रोजगारी पाएका छन् । अहिले अन्वेषण स्थल जलजले हेर्न आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्जु । कोशी प्रदेश स्थित सुनसरी जिल्लाको सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकाले बढ्दै गई रहेको कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमन गरि म्याद गुज्रेका समानहरु नियन्त्रणमान लिई नष्ट गरेको छ । गाउँपालिका भित्र पर्ने बजार देखी गाउँघरमा खोलिएका किराना पसल, मदिरा, हार्डवेयर, औषधी पसल, कपडा पसल, कस्मेटिक पसल तथा होटेलहरूमा फितलो अनुगमनको फाइदा उठाउँदै म्याद गुज्रेका तथा […]

बर्जु। कोशी प्रदेश स्थित बर्जु गाउँपालिकाका कर्मचारीहरुले संयुक्तरूपमा गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । पालिकामा कार्यरत कर्मचारीहरुको सुरक्षाको प्रत्याभुती गरी ७२ घण्टा भित्र सहज र सरल ढंगबाट काम गर्ने वातावरण सृजना गरियोस भन्ने माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा ” २०८१ साल फागुन २० गतेका दिन यस बर्जु गाउँपालिकाको प्रशासन शाखामा अन्दाजी १०:४५ […]

देवानगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्ने बताएका छन् । जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गत सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । पहिलो चरणमा सुरु गरिएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण सिमाना बसोबास गर्ने नेपालीको अवस्था बुझेर उनीहरूमाथिको विभेद […]