०६ माघ २०८१, आइतबार
19-01-2025 , Sun
×

जगदगुरु महायोगी सिद्धबाबालाई “वर्ल्ड बुक अफ रेकर्ड” ले गरे सम्मान

Logo
नमो संवाददाता प्रकाशित शुक्रबार, बैशाख ०७, २०८१

तस्विर : नमो अनलाईन

चतराधाम । नेपालको धर्तीमा अध्यात्मसम्बन्धी अद्भूत कार्य गरेको सम्मान स्वरुप जगदगुरु महायोगी सिद्धबाबालाई ुवर्ल्ड बुक अफ रेकर्डु को तर्फबाट अभिनन्दन गरिएको छ ।

चतराधाममा आयोजित बाह्रबर्से पिण्डेश्वर महाकुम्भ मेलाको अवसरमा जगदगुरु श्री रामानन्दाचार्य सेवा पीठमा जारी पाँच दिवसीय हनुमद कथा वाचन कार्यक्रममा बिहीबार ुवर्ल्ड बुक अफ रेकर्डु को प्रमाणपत्र जगदगुरु रामानन्दाचार्य पद प्रतिष्ठित स्वामी रामकृष्णाचार्य महाराज ९जगदगुरु सिद्धबाबा० लाई प्रदान गरिएको हो ।

विश्वमा सनातन धर्मको प्रचारप्रसारसहित नेपालको धर्तीमा हिन्दू धर्मको ज्योति फैलाउन गरेको योगदानको उच्च मूल्याङ्कन गरिएको बताइएको छ । बेलायतस्थित सिद्ध आश्रम शक्ति सेन्टरका गुरु राजराजेश्वरसहित बागेश्वर धाम सरकारका नामले परिचित पण्डित धिरेन्द्रकृष्ण शास्त्रीका हातबाट सो प्रमाणपत्र प्रदान गरिएको हो ।

पण्डित शास्त्रीले आगामी वैशाख ९ गतेसम्म श्रीहनुमद कथा वाचन गर्ने छन् । कथा सुन्न छिमेकी मुलुक भारतसहित बेलायत, क्यानडा, अमेरिकालगायत देशका विभिन्न स्थानबाट हजारौं साधक तथा सर्वसाधारण भक्तजनको दैनिक घुइँचो लाग्ने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]