२६ मंसिर २०८१, बुधबार
11-12-2024 , Wed
×

हुण्डीको २२ लाख रकमसहित दुई जना पक्राउ

Logo
नमो संवाददाता प्रकाशित शुक्रबार, बैशाख ०७, २०८१

तस्विर : नमो अनलाईन

वीरगन्ज । वीरगन्जबाट प्रहरीले हुण्डीको ठूलो रकमसहित दुई जना नेपालीलाई पक्राउ गरेको छ। वीरगन्ज-१० आदर्शनगरस्थित रुंगटा मार्केटभित्रबाट शुक्रबार दिउँसो प्रहरीले श्रोत खुल्न नसकेको नेपाली २२ लाख ५ हजार रुपैयाँसहित पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय वीर्ताबाट प्रहरी निरीक्षक पुष्कर बोगटी नेतृत्वमा खटिएको टोलीले रुंगटा मार्केटभित्र रहेको एक आईएमईमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरू दुवै जना नेपाली नागरिक रहेका छन्

तर उनीहरूको परिचय भने प्रहरीले खुलाएको छैन। पक्राउ परेकामध्ये एक जना आईएमईका सञ्चालक र अर्का व्याक्ति उक्त आईएमईमा भारतबाट रकम ओसारेर ल्याउने भरिया रहेको प्रहरी श्रोतले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले श्रोत खुल्न नसकेको २२ लाख ५ हजार रुपियाँसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरे।

उनले भने,‘बरामद रकमसहित दुवैलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। त्यसकारण उनीहरूको परिचय सार्वजनिक गरिएको छैन।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर। कोशी प्रदेशको मोरङ जिल्ला स्थित विराटनगरमा रहेको नोबेल मेडिकल कलेज टिचिङ्ग अस्पताल अगाडि रहेका पसल संचालकहरुले ग्राहकलाई ठगिने गरेको पाईएको छ। जस्को मारमा अस्पतालमा छिमेकी मुलुक भारतबाट उपचार गर्न आएका बिरामी बढी ठगिने गरेको कुरा बाहिरीएको छ । अस्पताल वरपरका पसल तथा होटेल व्यवसायीहरूले तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने गरेको अस्पतामा उपचार गराउन आउनेहरुले […]

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ४ का बासिन्दाहरुका लागि उपचारमा विशेष सहुलियत प्रदान गर्न नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले नयाँ सुविधा सुरु गरेको छ। मिति २०८१ मंसिर २३ गते सम्पन्न सम्झौतामा वडा नं. ४ का वडा अध्यक्ष श्री जितन थापा र नोवेल मेडिकल कलेजका अस्पताल निर्देशक प्रा. डा. राजेश नेपालले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार, […]

हरिनगर । सुनसरी स्थित हरिनगर गाउँपालिका वडा नं. ४ हरिनगरा बजारमा टिप्परको ठक्करबाट अन्दाजी ४५ वर्षीय देवानगज गाउँपालिका वडा नम्बर – ७ का झल्लु उराँवको घटना स्थलमै मृत्यु भएको छ। घुस्कीबाट हरिनगरा बजार तिर  सिटिजन बैंकको उत्तरपट्टीको सडक हुँदै गई राखेको को १ ह ६४३१ नम्बरको टिप्परको ठक्करले उँरावको घटनास्थलमै मृत्यू भएको हो। स्थानीय प्रत्यक्षदर्शीका […]