०३ आश्विन २०८१, बिहिबार
19-09-2024 , Thu
×

वैदेशिक व्यापार घाटा १० खर्बमाथि

Logo
नमो संवाददाता प्रकाशित आइतबार, बैशाख ०९, २०८१

तस्विर : नमो अनलाईन

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ बढेको भएको भन्सार विभागले जनाएको छ । साउनदेखि चैत मसान्तसम्मको विवरणअनुसार १२ खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँ बराबरको व्यापारमा १० खर्ब बढीको व्यापार घाटा भएको हो ।

विभागको तथ्यांकअनुसार १० महिनाको बीचमा सबैभन्दा बढी व्यापार घाटा भारतसँगको व्यापारमा भएको छ । विभागले जनाएअनुसार १० महिनाको बीचमा भारतसँग ८ खर्ब ७ अर्ब ५१ करोड बढीको व्यापार हुँदा व्यापार घाटा छ खर्ब ५१ अर्ब ८० करोड रुपैयाँ बढीको भएको छ । योबीचमा भारतबाट ७ खर्ब २९ अर्ब ६६ करोड रुपैयाँ बढीको वस्तु तथा सेवा आयात भएको र भारततर्फ जम्मा ७७ अर्ब ८५ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ ।

भारतपछि सबैभन्दा बढी व्यापार घाटा हुने देशमा चीन पर्दछ । १० महिनाको बीचमा चीनसँग २ खर्ब १४ अर्ब ६५ करोड रुपैयाँ बढीको व्यापार घाटा भएको विभागले जनाएको छ । २ खर्ब १८ अर्ब ८८ करोड रुपैयाँ बढीको व्यापारमा सो व्यापार घाटा भएको हो ।
कुनसँगको व्यापारमा कति घाटा ?

भारत : ६ खर्ब ६१ अर्ब ८० करोड

चीन : २ खर्ब १४ अर्ब ६५ करोड

युएई : १८ अर्ब ५२ करोड

युक्रेन : १४ अर्ब ९० करोड

मलेसिया : १४ अर्ब १६ करोड

अष्ट्रेलिया : ९ अर्ब ५ करोड

फ्रान्स : ८ अर्ब ९८ करोड

इन्डोनेसिया : ८ अर्ब ६४ करोड

अर्जेन्टिना : ८ अर्ब ६२ करोड

थाइल्याण्ड : ६ अर्ब ३१ करोड

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । आइतबार, नेप्से परिसूचक १३.५१ अंकले बढेर २०८३.०४ अंक विन्दुमा आइपुगेको छ । आज ९६ लाख ९७ हजार कित्ता सेयर ४ अर्ब ३१ करोड १० लाखमा खरिद बिक्री भएको छ । त्यस्तै, १७४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६१ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ । त्यसैगरि, मल्टीपर्पस […]

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ बढेको भएको भन्सार विभागले जनाएको छ । साउनदेखि चैत मसान्तसम्मको विवरणअनुसार १२ खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँ बराबरको व्यापारमा १० खर्ब बढीको व्यापार घाटा भएको हो । विभागको तथ्यांकअनुसार १० महिनाको बीचमा सबैभन्दा बढी व्यापार घाटा भारतसँगको […]

काठमाडौं । क्लासिक भ्यु रिसोर्ट लिमिटेडले आईपीओ निष्काशनको गर्ने भएको छ । कम्पनीले जारी पुँजीको १४ प्रतिशत अर्थात १०० अंकित दरका १० लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने तयारी गरेको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त भएको छ । क्लासिक भ्यू रिसोर्ट बुढानिलकण्ठ, काठमाडौंमा अवस्थित १९ रोपनीको […]