०३ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

चीन, भारत र नेपाल तीनै देशको राजधानी विश्वकै प्रदूषित शहरको शिर्ष ३ मा

Logo
नमो संवाददाता प्रकाशित सोमबार, बैशाख १०, २०८१

तस्विर : नमो अनलाईन

काठमाडौं । एशियाका तीन मुलुक चीन, भारत र नेपाल तीनैवटाको राजधानी विश्वकै प्रदूषित शहरको शिर्ष ३ मा परेका छन् । एयर क्वालिटी इन्डेक्सका अनुसार आज चीनको राजधानी बेइजिङ सबैभन्दा प्रदूषित शहरको रुपमा मापन गरिएको छ । त्यस्तै, भारतको राजधानी दिल्ली दोस्रो प्रदूषित र नेपालको राजधानी काठमाडौं तेस्रो प्रदूषित रहेको पाइएको छ ।

प्रदूषित शहरहरुको सूचीको पहिलो स्थानमा चीनको बेइजिङ रहेको छ । चीनको राजधानी रहेको उक्त शहरको वायु प्रदूषण १६७ एक्यूआई मापन गरिएको छ । त्यस्तै, दोस्रो स्थानमा भारतको दिल्ली रहेको छ । दिल्लीको वायु प्रदूषण १६५ एक्यूआई मापन गरिएको छ । तेस्रो स्थानमा १६३ एक्यूआइसहित काठमाडौं रहेको छ ।

प्रदुषण मापनमा शुन्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने रुपमा लिइन्छ । १०१ देखि १५० सम्मलाई हुनुलाई श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ भने १५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थकरका रुपमा लिइन्छ ।

२०१ देखि ३०० सम्मको अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने ३०१ देखि ४०० सम्मलाई खतरनाक र ४०१ देखि ४५० लाई अति खतरा मानिन्छ ।

काठमाण्डु उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]