०६ माघ २०८१, आइतबार
19-01-2025 , Sun
×

ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु

Logo
नमो अनलाईन प्रकाशित बुधबार, बैशाख १२, २०८१

काठमाडौं । डोटीको जोरायल गाउँपालिका–२ बुडरमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् । बुधबार बिहान ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा कैलालीबाट डडेल्धुरा आउँदै गरेका जानकी गाउँपालिका कटासे कैलालीका ३६ वर्षीय रमेश विकको मृत्यु भएको हो । उनकी श्रीमती लक्ष्मी विक घाइते भएकी छन् ।

भीमदत्त राजमार्गअन्तर्गत बुडर क्षेत्रमा डडेल्धुराबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४–००१ ख ००१२ नम्बरको तेल बोक्ने ट्याङ्करले सुदूरपश्चिम प्रदेश ०१–०११ प ५२१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते भएका दुवैजनालाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा लगिएको थियो। उपचारमा क्रममा श्रीमान‍्को मृत्यु भएको प्रहरीले जनाएको छ । लक्ष्मीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]