०३ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

धरहरा अगाडि चिटिक्क बनाईएको प्रतीक्षालय

Logo
नमो अनलाईन प्रकाशित बुधबार, बैशाख १२, २०८१

काठमाडौं । अहिले धरहराअगाडि बनाइएको तीन वटा प्रतीक्षालयले सबैको ध्यान खिचेको छ। चारैतिर सिसा प्रयोग गरेर बनाइएको उक्त प्रतीक्षालयले त्यहाँ पुग्ने सबैको ध्यान खिचेको हो।

भवन विभागका इन्जिनियर गोपाल भट्टराईका अनुसार उक्त प्रतीक्षालय धरहरा पुनर्निर्माण अन्तर्गत नै बनाइएको हो।

‘यो प्रतीक्षालय धरहरा पुनर्निर्माण आयोजना अन्तर्गत नै बनाइएको हो,’ उनले सेतोपाटीसँग भने, ‘धरहरा पुनर्निर्माणको सम्झौतामा यो डिजाइनको प्रतीक्षालय बनाउने उल्लेख थियो।’

धरहरा निर्माण ठेक्का पाएको कम्पनी जिआइइटिसी–रमन जेभीले नै ती प्रतिक्षालय बनाएको हो। बनाइएका प्रतीक्षालयहरू धरहराकै कम्पाउन्डभित्र भएको समेत उनले बताए।

उनका अनुसार साबिकभन्दा भित्र कम्पाउन्ड सारेर धरहरा बनाइएको छ। त्यही भएर धरहरामा आउने सर्वसाधारणलाई सहज होस् भन्ने हेतुले त्यहाँ प्रतीक्षालय बनाएको उनी बताउँछन्।

‘अझ प्रतीक्षालयमा काम गर्न बाँकी छ,’ उनले भने , ‘त्यहाँ रंगरोगनदेखि फिनिसिङको काम हुन बाँकी छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]