०३ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

महाकुम्भ मेलामा भक्तजनहरुको आगमन दिनप्रतिदिन बढ्दै, अहिले सम्म कति भए उपस्थिति ?

Logo
नमो संवाददाता प्रकाशित बिहिबार, बैशाख १३, २०८१

तस्विर : नमो अनलाईन

हरिनगर । प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको मेलामा भक्तजनहरुको आगमन दिनप्रतिदिन बढ्दै गएको छ ।

मेलामा हालसम्म १२ लाख भन्दा बढी भक्तजनहरु आएर स्नान गरेको आयोजकले जनाएको छ ।

नेपाल लगायत भारतबाट समेत कुम्भ स्नान गर्न आउने गरेका छन् । त्यहाँ आउने सर्वसाधारणहरुले कुम्भ मेलाको शुरुवात गरेर हरिद्वार पुण्यभूमिको प्रचारमा  बालसन्तले खेलेको भूमिको प्रशंसा गरेका छन् ।

त्यहाँ आएका भक्तजनहरुले ओझेलमा कुम्भ मेलाको आयोजनाले नेपालको हेतिहासिक धार्मिक क्षेत्रको उजागर गर्न सहयोग पुगेका बताएका छन् ।

उनीहरुले नेपालको ऐतिहासिक क्षेत्रको पहिचान उजगार गर्ने काम बालसन्तबाट भएकोले उहाँलाई त्यहाँ आउने भक्तजनहरुले धन्यवाद समेत दिएका छन् ।

उनीहरुले यसको निरन्तरतासँगै यो मेलाले हरिद्वार क्षेत्रलाई अझ उचाईमा पु¥याउने बताएका छन् । झापाबाट कुम्भ मेला भर्न आएका ६२ बर्षीय खड्ग उप्रेतिले बालसन्तको अभियान राष्ट्रवादी भएको बताएका छन् ।

परिवारसहित कुम्भ मेलामा सप्तरीबाट पुगेका महेश साहका परिवारले समेत कुम्भ मेलाको प्रशंसा गरेका छन् ।

वितगमा भारतमात्र हुदै आएको कुम्भ मेला बालसन्तले नेपालमा समेत शुरु गरेको बताउदै यो मेला उपलब्धीमुलक भएको साह बताउँछन् ।

कुम्भ मेलामा स्नान गर्नेहरु ज्येष्ठ नागरिकसँगै युवा पुस्ताको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।

त्यहाँ आएकाहरु उत्साहित देखिएका थिए । चतरामा पहिलो पटक कुम्भ मेलामा आएका डम्बरबहादुर कार्कीले उत्साहित भएर भजनमार्फत नै आफ्नो परिचय दिँदै कुम्भ मेलामा आउन पाउदा धन्य भएको बताउनु बताएका थिए ।

यता जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले आफूले कुम्भ मेलाको शुरुवात गरेको भन्दा पनि नेपाल आमालाई सम्झेर कुम्भ मेलामा लाखौ लाख भक्तजनहरु स्नान गर्न आएकोप्रति आफूलाई गर्भ लागेको बताए ।

उनले यहाँ आएर लाखौले कुम्भ स्नान गर्ने भएकोले यो मेलाले बराहक्षेत्रको चतरामात्र हैन  कोशी प्रदेशका सबै ठाउँ चलायमान भएको बताए ।

चैत्र ३० गतेदेखि शुरु भएको १२ बर्षे पूर्ण पिण्डेश्वर महाकुम्भ मेलामा आएकाहरु पहिलो कुम्भ मेला, अर्ध कुम्भ मेलामा समेत आएका र दोस्रो महाकुम्भ मेलामा सहभागी भएकाहरु थिए भने कतिपय सर्वसाधारण कुम्भ भेलामा स्नान गरेर पुण्य कमाउन पहिलो पटक आएकाहरु समेत थिए ।

यहाँ आएका सर्वसाधारण स्नानपछि सप्तकोशीबाट जल ल्याएर धरान १४ विजयपुरमा रहेका पिण्डेश्वरको मन्दिरमा जल चढाउने सर्वसाधारण समेत उल्लेख्य रुपमा रहेका थिए ।

सनातन धर्मालम्बीहरुलाई भक्तिभावसँगै कुम्भमेलामार्फत संसारभर नेपाललाई परिचित गराउने राष्ट्रभावबाट ओतपोत बालसन्तप्रति उहाँको कामप्रति सबै उत्साहित भएको मेलामा आउनेबाट प्रष्ट भान हुन्थ्यो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]