०७ जेठ २०८१, सोमबार
20-05-2024 , Mon
×

शिक्षकलाई दिने पारिश्रमिकको विवरण पठाउन नीजि स्कूललाई ताकेता

Logo
नमो संवाददाता प्रकाशित शुक्रबार, बैशाख १४, २०८१

तस्विर : नमो अनलाईन

बाणगंगा । कपिलवस्तु शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा अर्को एक्सनमा उत्रिएका छन् ।

नगरभित्रका विद्यालयमा अध्यापन गराउने शिक्षक कुनै राजनीतिक दलको सदस्य भएको भए ५ दिन भित्र राजीनामा दिन निर्देशन दिएका नगर प्रमुख थापाले नीजि विद्यालयको मासिक शुल्क नगरले तोक्ने बताइसकेका छन् । साथै एकपटक भर्ना भएर अध्ययन गरिरहेको विद्यार्थीलाई पटक-पटक भर्नाको नाममा शुल्क नलिनका लागि उनको निर्देशन छ । शुल्क लिएको भए तत्काल फिर्ता गर्न निर्देशन जारी गरिसकेका छन् ।

यस्तो निर्देशन दिएको २४ घण्टा नबित्दै नगर प्रमुख थापाले नीजि विद्यालयलाई एक पत्र पठाउँदै शिक्षकलाई दिइने मासिक पारिश्रमिकको विवरण पठाउन ताकेता गरेका छन् ।

अधिकांश विद्यालयमा पढाउने शिक्षकले न्यून ज्यालामा काम गरिरहेको अवस्थामा नगर प्रमुख थापाले नीजि विद्यालयलाई तत्काल शिक्षकलाई दिदैं आएको पारिश्रमिकको विवरण पठाउन ताकेता गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाणगंगा । कपिलवस्तु शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा अर्को एक्सनमा उत्रिएका छन् । नगरभित्रका विद्यालयमा अध्यापन गराउने शिक्षक कुनै राजनीतिक दलको सदस्य भएको भए ५ दिन भित्र राजीनामा दिन निर्देशन दिएका नगर प्रमुख थापाले नीजि विद्यालयको मासिक शुल्क नगरले तोक्ने बताइसकेका छन् । साथै एकपटक भर्ना भएर अध्ययन गरिरहेको विद्यार्थीलाई पटक-पटक भर्नाको नाममा शुल्क […]

काठमाडौं । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिएका छन् । उनले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरेका छन् । उनका […]

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रूपमा विद्यालय पठाउन आह्वान गरेका छन् । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान शुरु भएसँगै प्रधानमन्त्रीले आह्वान गरेका हुन् । शिक्षा पाउनु हरेक बालबालिकाको संविधानप्रदत्त एवं […]