०६ माघ २०८१, आइतबार
19-01-2025 , Sun
×

“माइतीघर”का अभिनेता सीपी लोहनीको निधन

Logo
नमो संवाददाता प्रकाशित सोमबार, बैशाख १७, २०८१

काठमाडौं । निजी क्षेत्रको पहिलो चलचित्र “माइतीघर” का अभिनेता सीपी लोहनीको निधन भएको छ । उनको सोमबार निधन भएको हो ।

उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्तेष्टि गरिने जानकारी अभिनेता कृष्ण मल्लले जनाएका छन् । उनको पार्थिक शरिरलाई आज ३.३० बजे आर्यघाट पुर्‍याइने बताइएको छ ।

सिपी लोहनीको नामले चर्चित उनको पूरा नाम चिदाम्बरम प्रसाद हो । अभिनेतासँगै गायकसमेत रहेका सिपीको ‘माइतीघर’ सिनेमामा काम गर्दैगर्दा आफ्नो समयकी चर्चित एवं सफल बलिउड अभिनेत्री माला सिन्हासँग प्रेम बसेपछि विवाह गरेका थिए ।

‘माइतीघर’ सन् १९६६ मा रिलिज भएको थियो । लोहनी झ्याउरे गीतका जानकार हुन् । उनी ८६ वर्षका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]