१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

नेपाली श्रमिकसँग राष्ट्रिय मानव अधिकार आयोग कतार

Logo
नमो अनलाईन प्रकाशित बिहिबार, साउन २५, २०८०

काठमाडौं । कतारस्थितमा कार्यरत नेपाली कामदार र राष्ट्रिय मानव अधिकार आयोग कतारबीच छलफल भएको छ । कतारमा नेपालीहरुको समस्याको विषयमा छलफल र समाधानको लागि महत्त्वपूर्ण कार्यक्रम सम्पन्न भएको हो ।

 

मंगलवार राष्ट्रिय मानवअधिकार आयोग कतारले श्रमिकको स्वास्थ्य सुरक्षा, कार्यक्षेत्रको सुरक्षा, खानपिन र बसाइँको सुरक्षा र कतारको नयाँ कानुनहरुको बारेमा श्रमिकलाई जानकारी दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।

 

कतार सरकारद्वारा जारी भएको नयाँ कानुनको बारेमा पनि श्रमिकलाई जानकारी दिने उद्देश्यले महत्त्वपूर्ण कार्यक्रम गरेको हो । श्रमिक कामदारहरुलाई कम्पनीको शोषणबाट मुक्त रहनको लागी कतारको नयाँ कानुन १७/२०२१ र २०२३ को बारेमा श्रमिकहरुलाई जानकारी दिएको हो ।

 

कतारको कानुन अनुसार जुन महिनाको आरम्भ देखि सेप्टेम्बरको अन्तिम सम्म खुला स्थानमा कुनै पनि काम लगाउन नपाइने नियम रहेको छ । कानुनतः यस्तो कार्यलाई निरुत्साहित र दण्डनीय मानिएको छ।प्रत्येक श्रमिकले कार्यस्थलमा पर्याप्त पिउने पानी, उपकरण, सुरक्षाका सामान तथा आवस्यक उपकरण र सामान पाउनु उस्को आधारभूत अधिकार हो भनेर कानुनले प्रष्ट पारेको छ।

 

गर्मियाममा देखिने सम्पुर्ण रोग जस्तै एलर्जी,उच्च तापक्रम,डिहाइटेशन लगायतका उपचार पाउनु पनि श्रमिकको आधारभूत अधिकार भित्र पर्ने गर्दछ । यसैगरी कुनै कम्पनीले बिहान १० बजे देखि अपरान्ह ३:३० बजे भित्र कुनै पनि त्यस्तो खुल्ला स्पेसमा काम लगाए जहाँ श्रमिकले उच्च तापक्रम झेल्नु पर्दछ यसबारे मन्त्रालयको हटलाइन र राष्ट्रिय मानवअधिकार समिति कतारमा उजुरी दिन सक्ने प्रावधान रहेको बताइएको छ।

 

श्रमिकले तापक्रम र गर्मियाममा उच्च तापक्रम वृद्धि भएको खण्डमा काम छोडन सक्ने र त्यस बापत उसको ज्यालामा कुनै कटौती नहुने र कम्पनीले कटौती गरेमा त्यो दन्डनिय हुने कानुनी प्रावधान रहेको छ।

 

कानुनी बिभागकी उच्च अधिकारी हाला अल अली ले प्रस्तुत गरेको कानुनी प्रावधान र महासचिवको शुभकामना लाई राष्ट्रिय मानवअधिकार आयोग कतारमा नेपाली समुदायका परामर्शदाता एवं प्रतिनिधि प्रोफेसर मोहम्मद रमजान अली मियाँले नेपाली र हिन्दी भाषामा अनुवाद गरि सहजीकरण गर्नु भएको थियो ।

 

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टले आयोगको यस प्रकारको भूमिकाको प्रसंशा गर्दै र बिगतमा प्रदान गरेका विभिन्न सेवा र अधिकार प्राप्तिमा गर्दै आएको सहयोगको उच्च शब्दमा प्रसंशा गर्दै आगामी दिनहरुमा पनि आयोग र गैर आवासीय नेपाली संघ कतार मिलेर अधिकार प्राप्तिमा सहकार्य गर्न जोड दिनु भएको थियोे।

 

यसैगरी राष्ट्रिय मानवअधिकार समिति कतारले आगामी १४ अगस्टका दिन औद्योगिक क्षेत्रको एसियन्टाउनमा बृहत जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने र सो कार्यक्रममा नेपाल सहित विभिन्न देशका राजदूत हरुलाई समेत निमन्त्रणा गरिसकेको राष्ट्रिय मानवअधिकार आयोग कतारमा नेपाली समुदायका परामर्शदाता एवं प्रतिनिधि प्रोफेसर मोहम्मद रमजान अली मियाँले जानकारी दिनुभयो । प्रोफेसर अलिले कतारमा कार्यरत नेपालीहरुलाई कुनैपनि किसिमका समस्या परेमा राष्ट्रिय मानव अधिकार कतार नेपाली डेस्कलाई खबर गर्न आग्रह गर्नुभएको छ ।

 

कार्यक्रमका सहभागीहरुलाई आयोगको तर्फबाट आफ्नो अधिकार बारे सचेत रहने र सो बारे जानकारी उपलब्ध गराउने बुकलेट तथा अन्य लाभदायक सामाग्री प्रदान गरिएको थियोे।

 

कार्यक्रममा आयोगका महासचीव महामहिम सुल्तान अल जमालीको प्रमुख आथित्यमा र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको विशेष उपस्थितिमा निर्माण क्षेत्रमा आबद्ध ३० भन्दा बढी श्रमिकहरु हरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]