०७ जेठ २०८१, सोमबार
20-05-2024 , Mon
×

भ्यानमा मोटरसाइकल ठोक्किँदा काठमाडौंमा चालकको मृ*त्यु

Logo
नमो संवाददाता प्रकाशित बुधबार, बैशाख १९, २०८१

तस्विर : नमो अनलाईन

काठमाडौं । काठमाडौं महानगरपालिका–२८ पुतलीसडकमा भ्यान र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती प्र०२–०२७ प ८२८० नम्बरको मोटरसाइकलका चालक २३ वर्षीय शाहिल देउला छन् ।

उनले चलाएको मोटरसाइकल र बा २१ च ६४४८ नम्बरको पिकअप भ्यान मंगलबार राति पुतलीसडकमा ठोक्किएका थिए । गम्भीर घाइते भएका देउलालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले भ्यानका चालकलाई नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेलाई दिइएको छ। यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्काको सशस्त्र प्रहरी बल, नेपाल यू.एन. शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा समादेशकको जिम्मेवारीमा सरुवा भएको छ। उनको सरूवा भएसँगै न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो। डिआइजी न्यौपाने यसअघि सशस्त्र […]

विराटनगर । जनकपुरबाट वीरगन्ज तर्फ आउँदै गरेको ना ४ ख ४१२४ नम्बरको यात्रुवाहक बस राजमार्गको उत्तरतर्फ दुर्घटना भएको छ । दुर्घटनामा बसमा सवार ३२ जना यात्रु घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सुशील आचार्यले जानकारी दिए । दुर्घटनामा परेर सर्लाही बरहथवा–४ का अकल बहादुर विक, बरहथवा–५ का रुबी बेगम र उनको छोरा मोहम्मद […]

ताप्लेजुङ । मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा रु ६९ लाख ३२ हजार चार सय भेटी सङ्कलन भएको छ । वैशाखमा सङ्कलन भएको भेटी पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको हो । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले  सङ्कलित भेटी  बैंक दाखिला गरिएको बताउनुभयो । समितिले मन्दिरमा चढाइएको भेटी हरेक महिना सार्वजनिक गर्दै आएको छ । […]