०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

लागु*औषध खैरो हिरो*ईन सहित सुनसरीबाट दुई जना पक्राउ

Logo
नमो संवाददाता प्रकाशित बिहिबार, बैशाख २०, २०८१

तस्विर : नमो अनलाईन

इनरुवा । सुनसरीमा एकपछि अर्को स्थानमा लागु औषध खैरो हिरोईन सहित मानिस पक्राउ पर्ने क्रम जारी रहेको छ ।

प्रतिबन्धीत लागु औषध खैरो हिरोईन सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ६ ढलान रोडबाटो हुदैं को. ३१ प. ७४०५ नंम्बरको मोटरसाईकलमा रहेको ईटहरी उपमहानगरपालिका वडा नं. ९ का २४ वर्षिय आकाश थापा र मोटरसाईकलमा पछाडी सवार धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ५ का २४ वर्षिय बिकास तामाङलाई पक्राउ गरेको हो ।

मोटरसाईकलमा अबैध लागू औषध लादैं छ भन्ने गोप्य सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा ईलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट संयुक्त रूपमा खटिएका प्रहरी अधिकृतको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

दुवैलाई कानूनी रूपमा चेकजाँच गर्दा उनिहरुले लगाएको ट्राउजरको अगाडीको दाहिने गोजिबाट प्लाष्टिक भित्र लुकाई राखेको १६.०४ ग्राम (सोह्र ग्राम चालिस मिलिग्राम) खैरो हिरोईन र उक्त मोटरसाईकल सहित दुवैलाई पक्राउ गरीएको प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो । भण्डारीका अनुसार सुनसरी जिल्ला अदालतमा दुवैलाई प्रस्तुत गरि सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको छ । यसअघि पनि इटहरी र इनरुवाबाट लागु औषध खैरो हिरोईन सहित मानिस पक्राउ परेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । ठगी आरोपमा झापा मेचिनगरका प्रदीप राउतलाई प्रहरीले पक्राउ गरेको छ। बैंकिङ कसुर मुद्दामा संलग्न रहेको भन्दै महाराजगञ्ज प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। राउतविरुद्ध १९ लाख ५० हजार र १५ लाख गरी दुईवटा चेक बाउन्सको जाहेरी परेको थियो। मेनपावर व्यवसायको आडमा ठगी गर्दै आएका उनले करोडौंको जग्गा किन्ने बहाना गर्दै धनाढ्य व्यक्तिहरूलाई जालमा पार्ने […]

हरिनगर। हरिनगरा बहुमुखी कलेजमा संचालन भैरहेको B. Ed. प्रथम बर्षको बार्षिक परिक्षा सौहार्दपूर्ण वातावरणमा संचालन भैरहेको छ । सुनसरी स्थित हरिनगर गाउँपालिकामा रहेको पूर्वाञ्चल विश्वविद्यालयबाट मान्यता प्राप्त हरिनगरा बहुमुखी कलेजमा संचालन भैरहेको B. Ed. प्रथम बर्षको बार्षिक परिक्षा सौहार्दपूर्ण वातावरणमा संचालन भैरहेको कलेज प्रमुख बलराम मण्डलले बताउनु भयो। स्थानिय तहमै कलेज स्थापना भएपछि बाहिर गएर […]

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]