०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

श्रम शोषण गर्दै अरविन्द पल्प एण्ड पेपर मिलका संचालक अंकित अग्रवाल

Logo
नमो संवाददाता प्रकाशित शुक्रबार, बैशाख २१, २०८१

तस्विर : नमो अनलाईन

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा ५ स्थित रहेको अरविन्द पल्प एण्ड पेपर मिलमा कार्यरत्त मजदुरहरुलाई श्रम शोषण गर्दै आएको खबर बाहिरिएको छ ।

यहाँका ज्यालादारी मजदुरहरुमाथी अरविन्द पल्प एण्ड पेपर मिलका संचालक अंकित अग्रवालले श्रम शोषण गरी पीडित बनाइएको कारण उनीहरु एक महिनादेखी आन्दोलीत समेत बनेका छन् ।

पेपर मिलका संचालक अंकित अग्रवालले ज्यालादारीमा काम गर्ने कामदारहरुलाई नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सूरक्षा मन्त्रालयले श्रम ऐन २०७४ को दाफा १०६ बमोजिम २०८० साउन १ गते लागु हुने गरी जारी गरेको न्यूनतम पारिश्रमिक र आधारभुत पारिश्रमिक समेत नदिएको पीडित श्रमिकहरु बताउँछन् ।

उता मिलका संचालक अग्रवालसँग प्रदेश प्वाइन्टका सम्पादक दिपेन्द्र यादवले फोन सम्पर्कमा कुरा गर्दा उनले भने “हामीले महिला कामदारहरुलाई ४२० रुपैयाँ प्रतिदिन दिने गरेको र पूरुष कामदारहरुलाई प्रतिदिन ६१० रुपैयाँ दिने गरेकोे बताए । तर मिलका सञ्चालक अग्रवाल सहितका केही व्यक्तिहरुले कामदारहरुमाथी अन्याय, अत्याचार गर्ने गरेको र ज्यालादारी मजदुरहरुमाथी झुठा आरोप प्रत्यारोप लगाउनुका साथै बिना कारण स्पष्टीकरण माग्ने गरेको पीडित मजदुरहरुले आरोप लगाएका छन् ।

तर उद्योगी व्यवसायीले उद्योगमा कार्यरत करिव एक चौथाइ मजदुरलाई नियमित मजदुरको रूपमा राख्ने र बाँकी ७५ प्रतिशत मजदुरलाई ठेकेदारमार्फत राखेर उनीहरूको श्रम शोषण गर्दै आएका खबर बाहिरिएको छ ।

ठेकेदारमार्फत काममा जाने मजदुरले न्यूनतम् ज्याला समेत पाउन सकेका छैनन् । यति मात्र नभएर ठेकेदारमार्फत काम गर्ने मजदुर सामाजिक सुरक्षा कोषमा सूचीकृत समेत भएकोे, कामदारहरुसँग कुनै किसिमको सम्झौता नगरेको, सञ्चय कोष, उपदान, बिरामी तथा घर बिदासमेत नपाउने गरेको मजदुरको गुनासो छ । यता उद्योगमा काम गर्ने मजदुरहरुको गुनासो यति मात्रै छैन् । मिलका संचालकले मनपर्दी मजदुरलाई बोलाउने गरेको र काम नहुदाँ घर समेत पठाउने गरेको तथ्य बाहिरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । ठगी आरोपमा झापा मेचिनगरका प्रदीप राउतलाई प्रहरीले पक्राउ गरेको छ। बैंकिङ कसुर मुद्दामा संलग्न रहेको भन्दै महाराजगञ्ज प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। राउतविरुद्ध १९ लाख ५० हजार र १५ लाख गरी दुईवटा चेक बाउन्सको जाहेरी परेको थियो। मेनपावर व्यवसायको आडमा ठगी गर्दै आएका उनले करोडौंको जग्गा किन्ने बहाना गर्दै धनाढ्य व्यक्तिहरूलाई जालमा पार्ने […]

हरिनगर। हरिनगरा बहुमुखी कलेजमा संचालन भैरहेको B. Ed. प्रथम बर्षको बार्षिक परिक्षा सौहार्दपूर्ण वातावरणमा संचालन भैरहेको छ । सुनसरी स्थित हरिनगर गाउँपालिकामा रहेको पूर्वाञ्चल विश्वविद्यालयबाट मान्यता प्राप्त हरिनगरा बहुमुखी कलेजमा संचालन भैरहेको B. Ed. प्रथम बर्षको बार्षिक परिक्षा सौहार्दपूर्ण वातावरणमा संचालन भैरहेको कलेज प्रमुख बलराम मण्डलले बताउनु भयो। स्थानिय तहमै कलेज स्थापना भएपछि बाहिर गएर […]

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]