१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

बर्जु, देवानगञ्ज र हरिनगरका शिक्षक, कर्मचारी आन्दोलित

Logo
ब्रहमदेव मेहता प्रकाशित आइतबार, साउन २८, २०८०

ब्रहमदेव मेहता/नमो अनलाईन

हरिनगर । सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरू आफ्नो पेसागत हकहितको माग पूरा गराउन देशव्यापी रूपमा आन्दोलित भएका छन् । सरकारले शिक्षक र कर्मचारीहरूको मागलाई सम्बोधन नगरेको भन्दै आफ्नो पेसागत माग पूरा गराउन पहिलो चरणको कार्यक्रम अन्तर्गत स्थानीय सरकारको कार्यालयमा शिक्षकहरूले धर्ना दिएका हुन् ।

सार्वजनिक भएको विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा रहेका केही दफाहरू संविधान प्रदत्त ट्रेड युनियन अधिकार, शिक्षक कर्मचारीको पेसागत सुरक्षा र स्वाभिमानको खिलाफमा रहेको भन्दै नेपाल शिक्षक महासङ्घले देशव्यापी रूपमा आन्दोलन सुरु गर्ने निर्णय गरेको छ ।

नेपाल शिक्षक महासङ्घ र सरकारबीच भएका ३० बुँदे र ५१ बुँदे सहमति पत्रसहित देशभरका पालिकामा जानकारी पत्र र धर्ना दिन शिक्षकहरूले आज ७५३ वटै पालिकामा धर्ना दिएका छन् । कार्यक्रम भएअनुसार आआफ्नो पालिकाहरूमा कार्यरत शिक्षक, कर्मचारीहरूले धर्ना र जानकारी माग पत्र स्थानीय निकायमा बुझाएको नेपाल शिक्षक सङ्घ जिल्ला कार्यसमिति सुनसरीका सचिव रोमनराज कार्कीले बताउनुभयो ।

यता बर्जु, देवानगञ्ज र हरिनगर गाउँपालिकाहरुमा पनि शिक्षकहरूले धर्ना र जानकारी मागपत्र बुझाएको शिक्षक महासंघ पालिका स्तरीय समितिहरुले जनाएको छ ।

“नेपाल शिक्षक महासङ्घको पूर्व घोषित कार्यतालिका अनुसार बर्जु गाउँपालिका शिक्षकहरूले पनि शिक्षक महासङ्घ बर्जुको नेतृत्वमा धर्ना दिएका छौँ । साउन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म पालिका स्तरमा धर्ना दिने कार्यक्रमअन्तर्गत धर्ना दिइएको बर्जु महासङ्घका अध्यक्ष बिजय कुमार चौधरीले जानकारी दिनुभयो।

नेपाल शिक्षक कर्मचारीका न्यायिक माग र विगतमा भएका सबै सहमति बारे पनि पालिकाहरूलाई जानकारी गराइएको छ । नयाँ ऐनमा शिक्षकहरूको माग पूरा गर्न सरकार लाग्नुपर्ने माग राखेर शिक्षकहरू आन्दोलनमा उत्रेका हुन् । साउन ३० गते देशभरका जिल्ला शिक्षा समन्वय एकाइमा धर्ना दिने र साउन ३२ गते प्रदेश सामाजिक विकास मन्त्रालयमा धर्ना र जानकारी पत्र दिने कार्यक्रम रहेको हरिनगर महासङ्घका अध्यक्ष बलराम मण्डले बताउनु भयो ।

विद्यालय बन्द नगरीकन आन्दोलन गर्ने शिक्षक महासङ्घमा आबद्ध शिक्षकहरुले बताएका छन् । शिक्षकहरूले २०७५ साल र त्यसपछि स्थायी भएका शिक्षकलाई पुरानै प्रणालीबाट पेन्सन दिनुपर्ने माग नसमेटिएको समेत बताएका छन् ।

सरकारले बनाएको मस्यौदाले स्थायी, अस्थायी, करार, राहत, साबिक उच्च मावि, बाल कक्षा, विशेष शिक्षा, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार, संस्थागत विद्यालयका शिक्षकलगायत सबैखाले शिक्षक र विद्यालय कर्मचारीको माग सम्बोधन गर्नुपर्ने माग राखेर शिक्षकहरू आन्दोलनमा उत्रेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]