०१ चैत्र २०८१, शनिबार
15-03-2025 , Sat
×

झापा स्थित दमकमा एक विद्यार्थी माथी गोलि प्रहार, गोली प्रहार गर्ने यादव फरार

Logo
नमो संवाददाता प्रकाशित शुक्रबार, बैशाख २१, २०८१

तस्विर : नमो अनलाईन

विराटनगर । झापा स्थित दमकमा गोली प्रहारबाट एक जना छात्रा घाइते भएकी छिन्।सिराहाका एक जना युवाले चलाएको गोली लागेर हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत एनिका अधिकारी घाइते भएकी हुन्।

शुक्रबार दिउँसो परीक्षा दिएर घर फर्कने क्रममा अधिकारीमाथि गोली प्रहार भएको हो।

गोली हानेर ती युवा भागेको प्रहरी स्रोतले बताएको छ। उदयपुर घर भई दमकमा डेरा गरि बस्ने अधिकारीलाई सिराहाका अमित कुमार यादवले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।गोली हानेर फरार यादवको प्रहरीद्वारा खोजी कार्य भइरहेको छ ।

घाइते ती विद्यार्थीको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान तीव्र बनाएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्जु । कोशी प्रदेश स्थित सुनसरी जिल्लाको सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकाले बढ्दै गई रहेको कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमन गरि म्याद गुज्रेका समानहरु नियन्त्रणमान लिई नष्ट गरेको छ । गाउँपालिका भित्र पर्ने बजार देखी गाउँघरमा खोलिएका किराना पसल, मदिरा, हार्डवेयर, औषधी पसल, कपडा पसल, कस्मेटिक पसल तथा होटेलहरूमा फितलो अनुगमनको फाइदा उठाउँदै म्याद गुज्रेका तथा […]

बर्जु। कोशी प्रदेश स्थित बर्जु गाउँपालिकाका कर्मचारीहरुले संयुक्तरूपमा गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । पालिकामा कार्यरत कर्मचारीहरुको सुरक्षाको प्रत्याभुती गरी ७२ घण्टा भित्र सहज र सरल ढंगबाट काम गर्ने वातावरण सृजना गरियोस भन्ने माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा ” २०८१ साल फागुन २० गतेका दिन यस बर्जु गाउँपालिकाको प्रशासन शाखामा अन्दाजी १०:४५ […]

देवानगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्ने बताएका छन् । जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गत सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । पहिलो चरणमा सुरु गरिएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण सिमाना बसोबास गर्ने नेपालीको अवस्था बुझेर उनीहरूमाथिको विभेद […]