०३ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

काभ्रेमा रुखमा बाँधेर जलाइएको शवको सनाखत

Logo
नमो अनलाईन प्रकाशित बिहिबार, जेठ ०३, २०८१

तस्विर : नमो अनलाईन

काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका–४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा भेटिएको पुरुषको शवको सनाखत भएको छ । जलाइएको अवस्थामा भेटिएको शव दोलखाको भीमेश्वर नगरपालिका २ राम्पाका बिष्णुप्रसाद सुवेदीको भएको खुलेको हो ।

दोलखा सदरमुकाम चरिकोटमा व्यवसाय गर्दै आएका ५४ वर्षीय सुवेदी २३ वैशाखमा ललितपुरको टिकाथलीस्थित घरबाट हिँडेदेखि सम्पर्कविहीन भएका थिए । उनको शव २८ वैशाखमा पाँचखाल नगरपालिका–४, जिरो किलो नजिकै जलेको अवस्थामा फेला परेको थियो ।

प्रारम्भिक अनुसन्धान अनुसार, उनको हत्यापछि रुखमा तारले बाँधेर जलाएको हुनसक्ने आशंका गरिएको थियो । तर, काभ्रे प्रहरीले भने उनको हत्या भएको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ ।

मोबाइल समेत घरमै छाडेर निस्किएका सुवेदीले अन्तिम पटक २४ वैशाखमा जिरोकिलोस्थित एक होटल सञ्चालकको मोबाइल नम्बरबाट घरमा सम्पर्क गरेर केहीदिन घर नफर्किने बताएका थिए । त्यसपछि सम्पर्कविहीन भएका उनी व्यापक खोजतलास गर्दा पनि फेला पर्न सकेका थिएनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]