०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

मधेशी आयोगको अपारदर्शि रुपमा लोक सेवा तयारी कक्षा

Logo
देवराज यादव प्रकाशित आइतबार, जेठ १३, २०८१

इनरुवा । सुनसरी सदुरमुकाम इनरुवास्थित श्री सरस्वती माध्यमिक विद्यालय इनरुवा ९ बबियामा लोकसेवा तयारी कक्षा सम्पन्न भएको छ । मधेशी आयोगले मधेसी युवायुवतीहरुलाई लोक सेवा आयोगको तयारीका लागि लोक सेवा कक्षा सञ्चालन गरेका हुन ।

विद्यालयमा अध्ययनरत कक्षा १० का छात्रछात्राहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरेको आयोजकले जनाएको छ । मधेशी समुदायको सशक्तिकरण अन्तर्गत लोकसेवा तयारी कक्षा सञ्चालन २०८१ नामक व्यानरमा लक्षित वर्ग भन्दा गैरलक्षित वर्गको सहभागिता कार्यक्रम सम्पन्न गरेको स्थानीयको भनाई रहेको छ ।

विद्यालयका जेठ ८ गते करिब ११ बजे आयोगका केही पदाधिकारी तथा कर्मचारीहरु विद्यालय सञ्चालन भईरहेको समयमा आएका थिए । आयोगका कर्मचारीले विद्यालयका निप्रअ तेजनारायण यादवसगँ जेठ ९ गते उक्त कार्यक्रम गर्ने पत्र दिएका थिए । निप्रअ यादव र नीजका समर्थित केही शिक्षकहरुले विव्यस तथा शिक्षक स्टाफको बैठक विना कार्यक्रम गर्ने अनुमती प्रदान गरेका थिए ।

विद्यालयको लेटरप्याडमा सुनसरी जिल्लाका जिल्ला समन्वय समिति र नगरपालिकालाई निमन्त्रणा पत्र पठाएका थिए । कार्यक्रम १८ घण्टामा नै तय गरी विद्यालयका एक शिक्षकले शाकाहारी र मांसाहारी नास्ता, खाना, चिया, पानी तथा अन्य व्यवस्थापकिय कार्य गरि दिन आयोगका कर्मचारीसगँ केही रकम पेश्की लिएका थिए ।

आयोजकले गर्नुु पर्ने सम्पुर्ण कार्यको जिम्मा विद्यालयले लिएका थिए । विद्यालयका निप्रअ तेजनारायण यादव आफ्नो क्षेत्राधिकार लत्याउँदै विद्यालयको खाजा कार्यक्रमका सम्पूूर्ण सामग्री खाना र खाजाका लागि दुरुपयोग गरेका थिए । होटलबाट चिया, नास्ता, खाना र पानीको व्यवस्था गरी होटलको प्यान र भ्याट विल पेश गर्नुु पर्ने कानुुनी व्यवस्था छ । खाना मेसबाट खुुवाई बिल होटलको उपलब्ध गराएको स्रोतको भनाइ रहेको छ । विद्यालयमा २०८० सालमा एसईई परीक्षा दिई बसेका केही विद्यार्थीलाई खाना पकाउन बोलाएका थिए । तिनीहरुलाई थोरै रकम दिएका थिए ।

विद्यालयमा केही तल्लो कक्षामा अध्ययनरत छात्राहरुलाई फोहोर सफा र भाडा मस्काउँन लगाएका थिए । विद्यालयमा जेठ ९ गते फिल्डमाासरकारी गाडी र किचेनको भोजभतेर कार्यक्रमले विहान १० पढन आएका विद्यार्थीहरुलाई नकारात्मक असर परेका थिए । अतिथि बनी कार्यक्रम हलमा बसेका केही निप्रअ समर्थित शिक्षकहरुले गर्दा नियमित अध्ययनअध्यापनका कार्य समेत अवरोध भएका थिए । खाना किचेन कोठामा सहभागीहरुलाई खाना खुवाउँदा आधारभूूत तहका कलिला बालबालिकाहरु भोज भएको हामीलाई खान नदिएको गुनासो गरिरहेका थिए । निप्रअ यादवलाई सरकारी सम्पती दुरुपयोग तथा गैरजिम्मेवार कार्य गरेको विषयमा छनविन गरी सचेतको कारवाही नगरे विद्यालय भोजनालयमा परिणत हुने र खाजा कार्यक्रम दुरुपयोग हुने स्रोतको दावी छ ।

खाजा कार्यक्रमका बालबालिकाहरुलाई वचेका भात र दाल मात्र खुुवाएका थिए । विद्यालयलाई शान्ति क्षेत्र भनिए पनि विद्यालय सञ्चालन भई रहेकै अवस्थामा तड्कभड्क किसिमको कार्यक्रम गर्दा सकारात्मक भन्दा नकारात्मक प्रभाव पर्ने गरेको जानकारहरु बताउछन् । त्यस किसिमको कार्यक्रम विद्यालय विदा भएको दिनमा गदा राम्रो त्यस विद्यालयमा अध्ययापनरत शिक्षकहरुका भनाइ रहेका छन् ।

मधेशी आयोग जस्तो गरिमा तथा मधेशीका आशा र भरोसा बोकेको निकायले यसरी हचुवा र अपारदर्शी तरिकाले गैरलक्षित वर्गलाई भेला गरेर लक्षित वर्गका युवाहरुको महिनौ कार्यक्रम घण्टामा नै सकाउने परिपाटीलाई अन्त्यको लागि स्थानीयहरुले माग गरेका छन् । कार्यक्रमको संयोजन आयोगकी रेण शाहले गरेका थिए । यता आयोगकी सदस्य रेण शाहले विद्यालयलाई १५ हजार रुपियाँ व्यवस्थापन खर्च गर्न दिएको प्रतिकृया दिनुभयो । कार्यक्रम गरेको तर कक्षा १० को विधार्थीलाई लोक सेवा आयोग कक्षा दिएको बारेमा अकमकिएर प्रतिकृया दिनुुहुदै कक्षा ११ , १२ को परीक्षा भएकाले कक्षा १० को विधार्थीलाई लोक सेवा आयोग कक्षा दिएको दावी गर्नुभयो । स्थानीयले भने आयोगको कार्यक्रम प्रति प्रश्न उठाउदै छानविनको माग गरेका छन् ।

विद्यालयका निप्रअ यादवले भने कुनै पनि बालबालिकाहरुको दुरुयोग नगरेको र विद्यालयको ग्यास समेत प्रयोग नगरेको प्रतिकृया दिनुभयो । तर विधार्थीहरुले भने पढाई प्रभावित पार्ने गरि फोहोर सरसफाई गर्न लगाएको गुनासो गरेका छन् । विद्यालय व्यवस्थापन समितिका जयकृष्ण यादवले समेत विद्यालयमा कार्यक्रम भएको विषयमा अनविज्ञता जनाउनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । सुनसरी स्थित देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जबाट ३९ के.जी गाजा सहित ईलका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख कमल विष्टको नेतृत्वमा खटेको प्रहरी टोलिले एकजनालाई पक्राउ गरेको छ। अरविन्द कुमार यादवको घरमा लुकाई राखेको अवस्थामा इलाका प्रहरी कार्यालय देवानगञ्ज, कोशी प्रदेशका PIT शाखा र जिल्ला प्रहरी कार्यालय सुनसरीको सादा पोसाकको संयुक्त टोलिले २०८१ सालको […]

हरिनगर । हरिनगरामा रहेको उपयुक्त कृषि सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभा सम्पन भएको छ । हरिनगर गाउँपालिका वडा नं. – ४ हरिनगरा स्थित रहेको हरिनगरा माध्यमिक विद्यालयको सभाहलमा गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतको प्रमुख आतिथ्यमा सभाको आयोजना गर्दै आर्थिक बर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभा सम्पन भएको हो। सभामा […]

बराहक्षेत्र । सुनसरी जिल्ला स्थित बराहक्षेत्र नगरपालिका ११ मधुवन स्थिति रहेको दाजु भाइ कृषि फर्मले विगत विगतको ४ बर्ष देखि च्याउ खेती तर्फ आकर्षित भएका छन । वैदेशिक रोजगारबाट फर्केर आएका भरत र रोसन दाजु भाइले च्याउ खेती गर्दे आएको हो। पहिलोपटक २ सय सिलिन्डर अर्थात पोक्का बाट च्याउ खेती गरिएको थियो । भने अहिले […]