०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

विराटनगरको पोखरीया मावि देशभरका सामुदायिक विद्यालयमा पहिलो

Logo
नमो संवाददाता प्रकाशित सोमबार, जेठ १४, २०८१

तस्विर : नमो अनलाईन

विराटनगर । विराटनगरको पोखरीया माध्यमिक विद्यालय देशभरमा उत्कृष्ट विद्यालय भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विराटनगरको पोखरिया मावि देशभरबाट पहिलो स्थानमा पर्न सफल भएको हो ।

पोखरिया माविबाट ३६० जना विद्यार्थीले ३.२ भन्दा बढी जीपीए ल्याएर देशभरका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट बन्दै पहिलो नम्बरमा नाम समावेश भएको छ । पोखरीयाका ७४.४४ प्रतिशत विद्यार्थीले ३.२ भन्दा बढी जीपीए ल्याएका हुन् ।

माध्यमिक शिक्षा परीक्षामा कम्तीमा १ सयभन्दा बढी विद्यार्थी सहभागी गराइ ३० प्रतिशतभन्दा बढी विद्यार्थीले औसत स्तरीकृत अङ्क (जीपीए) ३.२ वा सो भन्दा माथि प्राप्त गर्ने १५ सामुदायिक विद्यालय सार्वजनिक गरिएको छ ।
दोस्रो नम्बरमा कपिलवस्तुको जनता मावि पिपराबाट २८९ विद्यार्थी सहभागी गराएकामध्ये ६२.१७ प्रतिशत विद्यार्थीले ३.२ भन्दा बढी जीपीए ल्याएका छन् । तेस्रो नम्बरमा गरुडा बैरिया मावि रौतहट रहेको छ । उक्त विद्यालयका १८८ विद्यार्थीमध्ये ६१.१७ प्रतिशतले ३.२ भन्दा बढी जीपीए ल्याएका छन् ।

देशभरका टप १५ मा पर्ने अन्य विद्यालयहरूमा सरस्वती मावि दिक्तेल खोटाङ, जुद्ध मावि गौर रौतहट, गुरु जजुर मावि रक्षाचौर दाङ, सरस्वती मावि पिपरा भलोहिया रौतहट, नारायण नमुना मावि भरतपुर चितवन रहेका छन् ।
त्यस्तै श्री अमरसिंह मावि रामघाट कास्की, बागिश्वरी मावि, तौलाछें टोल भक्तपुर, ज्ञानोदय मावि, पुरानो कालीमाटी, काठमाडौँ, आदर्श मावि विराटनगर, मोरङ, कालिका मानवज्ञान मावि बुटवल, रुपन्देही, कान्ति मावि बुटवल, रुपन्देही, कान्ति मावि बुटवल रुपन्देही र शान्ति नमुना मावि मणिग्राम रुपन्देही टप १५ मा परेका छन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । ठगी आरोपमा झापा मेचिनगरका प्रदीप राउतलाई प्रहरीले पक्राउ गरेको छ। बैंकिङ कसुर मुद्दामा संलग्न रहेको भन्दै महाराजगञ्ज प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। राउतविरुद्ध १९ लाख ५० हजार र १५ लाख गरी दुईवटा चेक बाउन्सको जाहेरी परेको थियो। मेनपावर व्यवसायको आडमा ठगी गर्दै आएका उनले करोडौंको जग्गा किन्ने बहाना गर्दै धनाढ्य व्यक्तिहरूलाई जालमा पार्ने […]

हरिनगर। हरिनगरा बहुमुखी कलेजमा संचालन भैरहेको B. Ed. प्रथम बर्षको बार्षिक परिक्षा सौहार्दपूर्ण वातावरणमा संचालन भैरहेको छ । सुनसरी स्थित हरिनगर गाउँपालिकामा रहेको पूर्वाञ्चल विश्वविद्यालयबाट मान्यता प्राप्त हरिनगरा बहुमुखी कलेजमा संचालन भैरहेको B. Ed. प्रथम बर्षको बार्षिक परिक्षा सौहार्दपूर्ण वातावरणमा संचालन भैरहेको कलेज प्रमुख बलराम मण्डलले बताउनु भयो। स्थानिय तहमै कलेज स्थापना भएपछि बाहिर गएर […]

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]