०६ माघ २०८१, आइतबार
19-01-2025 , Sun
×

अबैध लागू औषध सहित धरानबाट तिन जना पक्राउ

Logo
नमो संवाददाता प्रकाशित बुधबार, जेठ १६, २०८१

तस्विर : नमो अनलाईन

धरान । सुनसरी स्थित धरान उपमहानगरपालिकाबाट अबैध लागू औषध सहित दुई जनालाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ परेको छ ।

विशेष सूचनाको आधारमा मंगलवार बेलुकी ७ : ३० बजेको समयमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका वडा नं. १७ स्थित एडिबि खानेपानी ट्याङ्की छेउमा बराहक्षेत्र नगरपालिका वडा नं. ५ बिशाल चोकबाट धरान तर्फ जादैँ गरेको प्र.०१-०२-०४१ प. ७८२० नं. को मोटरसाईकललाई चेकजाँच गर्दा ESKUF-५ बोतल, ट्रामाडोल ४००० (चार हजार) क्याप्सुल र स्पास्मोफोक्सिभन- ७२० (सात सय बिस) क्याप्सुल तथा मोटर साईकल सहित कोशी गाउँपालिका वडा नं. ५ कुमयाही बस्ने बर्ष २२ को अमानुल्ला मियाँ र सोहि ठाउँ बस्ने बर्ष २० को सोहेल अमत पक्राउ परेको हो ।

त्यस्तै धरान उपमहानगरपालिका वडा नं. ०९ बस्ने बर्ष ३३ को आस्मा श्रेष्ठ खातुन समेत पक्राउ परेकी छिन् । आफनै कोठामा लुकाई छुपाई अबैध लागू औषध राखेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले कोठा चेकजाँच गर्दा ट्रामाडोल २००० (दुई हजार) क्याप्सुल, स्पास्मो – ३००० (तिन हजार) क्याप्सुल र Spasmo-Proxyvon Plus – ५९८ (पांच सय अन्ठानब्बे) क्याप्सुल लागू औषध सहित उनलाई पक्राउ परेको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रवक्ता नविन कृष्ण भण्डारीले जानकारी दिएका छन् ।

प्रकाउ परेकाहरु माथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]