१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

सप्तकोसी नदिमा डुबेर एकजना युवकको मृत्यू

Logo
देवराज यादव प्रकाशित सोमबार, भाद्र ०४, २०८०

देवराज यादव/नमो अनलाइन

भण्टाबारी । सुनसरीको सप्तकोसी नदिमा डुबेर एकजना युवकको मृत्यू भएको छ ।

सप्तकोसी नदिमा विहान ७ : ०० बजेको समयमा बोलबम जानको लागि जल भर्ने क्रममा युवक नदीमा डुबेर बेपत्ता भएका थिए ।

सुनसरी र सप्तरीको सीमामा पर्ने कोसी गाउँपालीका वडा नम्बर ८ कोसी ब्यारेज स्थित सप्तकोसी नदिमा जल भरेर नुहाउने क्रममा सोमबार बिहान भारत बिहार राज्य सुपौल जिल्लाको वैजनाथपुर ३ बस्ने १८ वर्षका अमरकुमार मेहताको डुबेर मृत्यू भएको स्थानीयहरुले जानकारी दिएका छन्।

स्थानीयवासी, नेपाल प्रहरी,सशस्त्र प्रहरी सहित गोताखोर टोलि बोलाएर शवको खोजी गरेको प्रहरीले बताएका छन् ।

शवको पोस्टमार्टमकाे लागि जिल्ला अस्पताल ईनरुवा पठाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]