०१ चैत्र २०८१, शनिबार
15-03-2025 , Sat
×

आज २०८१ साल जेठ १८ गते शुक्रबारको राशिफल

Logo
नमो अनलाईन प्रकाशित शुक्रबार, जेठ १८, २०८१

काठमाडौं । आज २०८१ साल जेठ १८ गते शुक्रबार तदनुसार सन् २०२४ मे ३१ तारिख। जेठ कृष्ण पक्षको अष्टमी तिथि। विश्व सूर्तीजन्य पदार्थविरुद्धको दिवस। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ।

मेष : समय राम्रो छ। शुभ समाचार सुन्न पाइने छ। राज्यको तर्फबाट सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ।

वृष : आफन्तसँगको भेटले समय रमाइलो हुनेछ। लगानीको क्षेत्रमा प्रगति हुनेछ। आफ्नो विषय वा क्षेत्रमा तपाईं सफल बन्ने दिन छ। एउटा काम गर्दा दोहोरो फाइदा हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : सुन्दर बन्न मन लाग्नेछ। शेयर कालोबारमा फाइदा हुने देखिन्छ। काम गर्ने जाँगर बढ्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : सानो गल्तीले बन्न लागेको काम बिग्रने जोखिम देखिन्छ। चुनौतीको सामना गर्नुपर्ने दिन छ। सामाजिक कामको आलोचना हुनेछ। प्रेममा संकट देखिन सक्छ।

सिंह : समय राम्रो छ। गुमेको धन प्राप्त हुने योग छ। परिवारसँगको सहकार्यले योजना सफल हुनेछन्। धर्म र परोपकारमा मन जानेछ। सम्मान प्राप्त हुने योग छ। शिक्षाको क्षेत्रमा उत्साह मिल्नेछ।

कन्या : दिन राम्रो छ। नयाँ कामको सुरुवात हुनेछ। भौतिक सुख र सुविधामा मन जानेछ। निरन्तरको मेहनतले सफलता प्राप्त हुनेछ। आर्थिक कारोबार सफल बन्ने देखिन्छ। कर्मचारी हुनुहुन्छ भने बढुवाको योग छ।

तुला : जग्गा जमिनको कारोबारमा फाइदा हुनेछ। जुनसुकै काम गर्ने आत्मविश्वास बढेर जानेछ। शेयर कारोबारमा राम्रो फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुँदै जाने देखिन्छ। सोचेका सबै काम बन्नेछन्।

वृश्चिक : चुनौतीको सामना गर्नुपर्ने दिन छ। राज्यको भयले सताउने देखिन्छ। परिवारमा झगडा देख्नुपर्छ। वैदेशिक क्षेत्रको लगानीबाट भने फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुने योग छ।

धनु : नाम र दाम कमाउने दिन छ। यात्रा सफल बन्नेछ। नयाँ योजना बनाउनु भएमा प्रभावकारी हुनेछ। परिवारको सुख प्राप्त हुनेछ। तपाईंको क्षमताको प्रशंसा हुनेछ। संगीत क्षेत्रको लगानीबाट फाइदा हुनेछ।

मकर : बोलीको प्रभावमा काम बन्नेछ। तपाईंसँग अरु मानिस प्रभावित हुनेछन्। दिन मनोरञ्जनमा बित्नेछ। व्यापारमा नाफा हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंको सम्मान बढ्नेछ।

कुम्भ : प्रेम सम्बन्ध सुमधुर बन्नेछ। ठुलो प्रतिष्ठा प्राप्त हुनेछ। न्यायिक क्षेत्रमा सफलता हात लाग्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ।

मीन : दिन मध्यम छ। जति फाइदा हुन्छ उति नै सम्पत्ति गुम्ने खतरा देखिन्छ। ठुलो लगानी नगर्नु राम्रो होला।आर्थिक कारोबारमा सचेत हुनु राम्रो हुन्छ। बोल्नु अगाडि एक पटक सोच्नुपर्छ। आफ्नो भनिएको साथीसँग जोगिएर काम गर्नु राम्रो हुनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्जु । कोशी प्रदेश स्थित सुनसरी जिल्लाको सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकाले बढ्दै गई रहेको कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमन गरि म्याद गुज्रेका समानहरु नियन्त्रणमान लिई नष्ट गरेको छ । गाउँपालिका भित्र पर्ने बजार देखी गाउँघरमा खोलिएका किराना पसल, मदिरा, हार्डवेयर, औषधी पसल, कपडा पसल, कस्मेटिक पसल तथा होटेलहरूमा फितलो अनुगमनको फाइदा उठाउँदै म्याद गुज्रेका तथा […]

बर्जु। कोशी प्रदेश स्थित बर्जु गाउँपालिकाका कर्मचारीहरुले संयुक्तरूपमा गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । पालिकामा कार्यरत कर्मचारीहरुको सुरक्षाको प्रत्याभुती गरी ७२ घण्टा भित्र सहज र सरल ढंगबाट काम गर्ने वातावरण सृजना गरियोस भन्ने माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा ” २०८१ साल फागुन २० गतेका दिन यस बर्जु गाउँपालिकाको प्रशासन शाखामा अन्दाजी १०:४५ […]

देवानगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्ने बताएका छन् । जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गत सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । पहिलो चरणमा सुरु गरिएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण सिमाना बसोबास गर्ने नेपालीको अवस्था बुझेर उनीहरूमाथिको विभेद […]