१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

देवानगञ्ज- इनरूवा सडक खण्डको अवस्था जीर्ण, सम्बन्धित निकाय माैन

Logo
जुगेस दास प्रकाशित बुधबार, भाद्र ०६, २०८०

जुगेस दास/नमो अनलाईन

देवानगञ्ज । सुनसरीकाे देवानगञ्ज गाउँपालिका देखि सुनसरीको सदरमुकाम जाेड्ने मुख्य सडककाे अवस्था जीर्ण हुँदा आवतजावतमा सास्ती खेप्नुपरेको छ । वर्षाै देखि सडक जीर्ण अवस्थामा रहेपनि सम्बन्धित निकायले चासो नलिएको कारण सडकको अवस्था जीर्ण भएको हो।

दैनिक कामकाजकाे लागि आवतजावत गर्ने सर्वसाधारणहरुलाई सास्ती खेप्नु परिरहेको भएपनि स्थानीय सरकारले कुनै चासो नदिएको देखिएको छ । स्थानीय सरकारले सडकको स्नतरउन्नतीमा ध्यान न दिदा विद्यार्थी, किसान साथै सर्वसाधारणहरुलाई आवतजावतमा समस्या भइरहेको छ ।

वर्षाै पुरानो सडक भएकोले कालोपत्रे उपकिएको छ जस्कारण सडकमा गाडी चलाउन निकै चुनाैती पुर्ण भएको सर्वसाधारणहरुको भनाइ छ । नागरिकलाई सास्ती खेप्नु पर्दा समेत तिनै तहका सरकार गैरजिम्मेवार र लाचार रहेको देखिएको छ । जनताकाे हकहितका लागि काम गर्न निर्वाचित भएका जनप्रतिनिधिहरू कमाउधन्धामा लिप्त भएकोले विकास निर्माणको काम ठप्प रहेको स्थानीयहरु बताउँछन् ।

विगतमा काङ्ग्रेसबाट सिताराम मेहताले पटक-पटक चुनाव जितेपनि विकास निर्माणको काममा सकारात्मक भुमिका खेल्न नसकेका कारण यस पटक भने विकल्पमा एमालेका उम्मेदवार भीम आचार्यलाई निर्वाचित गराएका छन् । विकासले फन्को मार्ने आसाले प्रदेश र केन्द्रमा बिकल्पको रुपमा एमालेका उम्मेदवारलाई निर्वाचित गराए पनि जितेर गए पछि उदासिन देखिएको स्थानीयहरु अहिले गुनासो पोख्दै रुष्ट बनेका छन् ।

काङ्ग्रेसको विकल्पमा एमाले खोजेको स्थानीयहरुले एमालेबाट पनि विकास सम्भव नरहेको गुणासो पोखि रहेका छन् । यस क्षेत्रमा एमालेबाट केन्द्रमा भिम अचार्य सांसद छन् भने प्रदेश सभा सदस्यमा राप्रसाद मेहता निर्वाचित भएका छन् तर जितेर गएपनि नेताहरूले आफ्नो जीवन सुखमय बनाउन मात्र कार्य गरेकोले जनतालाई सास्ती खेप्नु परिरहेको नाम उल्लेख न गर्ने सर्तमा एक स्थानीयले बताएका छन् ।

गत निर्वाचनमा सोही सडककाे एजेण्डा लिएर भाेट मागेका अचार्य र मेहता यतिवेला यस सडकको बारेमा कुनै पनि चासाे नदिएको कारण स्थानीयहरु आक्रोशित बनेका छन् ।

चुनावमा विजयी हुन र सांसद, मन्त्री बन्न यस क्षेत्रका जनतालाई मात्र प्रयाेग गर्ने र विकासकाे नाममा जनतालाई ठग्ने बाहेक अरू केहि नगरेकाे स्थानीयहरु निराश भएका छन् ।

तत्काल बाटाे मर्मत गरेर भएपनि जनताकाे जीवन यापन सहज गर्न सरकार अग्रसर हुनुपर्ने स्थानीय युवाहरुको भनाइ रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]