०३ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

टेस्ट ड्राइभ गर्ने भन्दै ब्लुबुक सहित बाईक लिएर भाग्ने युवक पक्राउ

Logo
नमो संवाददाता प्रकाशित बिहिबार, जेठ २४, २०८१

काठमाडौं । बिक्री गर्न फेसबुक मार्केटप्लेसमा राखेको बाइक टेस्ट ड्राइभ गर्ने भन्दै चोरेर भाग्ने व्यक्ति पक्राउ परेका छन् । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले मङ्गलबार दिउँसो ६ बजेतिर उनलाई काठमाडौंस्थित मनोहराबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका वडा नम्बर ६ बस्ने २१ वर्षीय आयुष कोन्डा रहेका छन् । प्रहरीका अनुसार आरोपी कोन्डाले फेसबुक मार्केटप्लेसमा बिक्रीका लागि राखिएको बाइक खरिद गर्ने भन्दै सवारी धनीलाई विश्वस्त बनाएका थिए । त्यसपछि २२ जेठमा बाइक ल्याएर कोटेश्वर आकाशे पुलमा आउन अनुरोध गरे । बाइक आएपछि ब्लुबुक मागे । यसपछि चेक निकालेर बाइक बिक्री गर्न खोज्ने सवारीधनीको नाम लेख्न खोज्दै थिए ।

“कलिलै उमेरको केटाले बाइकबारे केही नबुझी सोझै चेक काट्न खोजेपछि सवारीधनीले ‘भाइ पहिले बाइक कस्तो छ, बुझ अनि चेक देऊ’ भन्नु भएछ,” टेकपानासँग कुरा गर्दै प्रहरी प्रभाग कोटेश्वरका अनुसन्धान अधिकृतले भने, “बाइक टेस्ट ड्राइभ गर्ने भनेर ती युवक गायब भएका रहेछन् ।”

यसपछि कोन्डाले उक्त बाइक एक रिकन्डिसन पसलमा आफ्नो भन्दै ९० हजार रुपैयाँमा बिक्री गरेका थिए । बाइक खरिद गर्ने भन्दै ९० हजार तिर्ने पीडित र सवारीधनीले उजुरी दिएपछि प्रहरीले अनुसन्धान प्रक्रिया बढाएको थियो ।

अनुसन्धान अधिकारीका अनुसार ती युवकले यसअघि पनि दुई/तीन ओटा बाइक त्यसरी नै फुत्काउन खोजेका थिए । तर, सफल भएका थिएनन् ।

उनी आफैंले बाइक चोरेका हुन् वा कसैले उनलाई चोरी गर्न लगाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]