०३ आषाढ २०८१, आइतबार
16-06-2024 , Sun
×

आज जेठ २५ गते शुक्रबार तपाईको राशिफल

Logo
नमो संवाददाता प्रकाशित शुक्रबार, जेठ २५, २०८१

आज मिति वि.सं.२०८१ जेठ २५ गते शुक्रबार ई.सं.२०२४ जून ०७ नेपाल सम्बत ११४४ तछलाथ्व पारु, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, जेष्ठ शुक्ल प्रतिपदा, चन्द्रमा वृष राशिमा मृगशिरा नक्षत्र, शूल योग, किंस्तुघ्न करण । आज नेपालमा सूर्योदय बिहान ०५:०७ बजे भयो भने सूर्यास्त साँझ ०६:५८ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन मिश्रित फलदायी रहला । अरूको मात्र भरपर्दा काम बिग्रन सक्छ, सचेत रहनुहोला । सुखदुःखमा साथ दिने मित्रजन फेला पर्नेछन् । परिवारिक सहमति नलिइ कुनै पनि महत्वपूर्ण काममा हात नहाल्नुहोला, अन्यथा प्रयास व्यर्थ होला । वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । भ्रमणमा आदिमा आकर्षण बढ्नेछ । आफन्तसुख प्राप्त होला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): व्यापार-व्यवसायमा लगानी बढाउन सकिने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् भने आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । हिम्मतले काम लिन सकिनेछ । बुद्धिको उपयोगले शत्रुबाट जोगिन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएला । अस्थायी पेसाबाट मनग्य फाइदा हुने देखिन्छ । मान महत्व वृद्धिका साथै आफन्तको सहयोग प्राप्त होला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । ठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन् । तर, रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन् । रमाइला ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ । नजिकका साथीभाइ टाढिन सक्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कर्मबल बढ्नेछ तर आजको दिन आम्दानीको तुलनामा खर्च अलिक बढी हुनाले आर्थिक समस्या देखा पर्न सक्छ । अरूको उक्साहटमा नलाग्नु हितकर हुनेछ । अविवेकी निर्णयले अप्ठ्यारोमा पार्नेछ । एकसाथ अनेक काम सुरु गरिए पनि धेरै अधुरै रहलान्, ध्यान दिनुहोला । दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध कमजोर बन्ने सम्भावना छ, ध्यान राख्नुहोला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): लामो समयदेखि रोकिएका काम सम्पादन हुने समय छ । तथापि, अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । नोकरी तथा व्यावसायिक काममा पनि केही चुनौती देखापर्न सक्छ । भूमिलगायत स्थायी सम्पत्तिबारे केही विवाद हुन सक्छ । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ । नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ । रोकिएको काम बन्नुका साथै नयाँ काममा पनि सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): टाढिएका आफन्तसँग पुनर्मिलन हुने समय भए पनि आजको दिन धनमाल हराउने, चोरिने वा ठगीमा परिने सम्भावना छ । आफ्नो प्रतिभा प्रदर्शन गरी अरूको मन लोभ्याउन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ । मनोकूलको काममा सफलता मिल्नेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): अध्ययन-अध्यापनमा मन जाला । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्ने योग छ । आजको दिन वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी सावित हुनेछ । स्वास्थ्यसम्बन्धी केही समस्या देखापर्न सक्छ, सचेत रहनुहोला । सन्तान पक्षबाट प्रशन्नता मिल्नेछ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । रसरागको भाव बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन स्वास्थ्यसम्बन्धी सामान्य समस्याले बाधा दिन सक्छ । आर्थिक पक्षमा उन्नति भए पनि तपाईंका कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । दाजुभाइको सहयोगले विपक्षीलाई तह लगाउन सकिनेछ । घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने योग रहेकोले सावधान रहनुहोला । रसरागमा रुचि बढ्नेछ । केही बाधा भएपनि समयले अन्ततः साथ दिनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन स्वास्थ्यसम्बन्धी समस्याबाट जोगिन खानपानमा सजग रहनुपर्नेछ । विभिन्न अवसर प्राप्त भए पनि स्वास्थ्य कमजोर रहनाले काममा बाधा पर्न सक्छ । राजनीति गर्नेहरूलाई विशेष सफलता मिल्ने समय छ । मान–सम्मान र पद–प्रतिष्ठा मिल्ने सम्भावना छ । आफ्नो कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्न सक्छ । शुभचिन्तकहरूले साथ दिनेछन् । रसरागमा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): ब्यस्तता बढ्नेछ । विभिन्न अवसरले पछ्याउने समय छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ भने काममा सहयोगीले राम्रै साथ दिनेछन् । व्यवसाय र उद्योगमा फाइदा मिल्नेछ । सामाजिक प्रतिष्ठा पाइनेछ । आरोग्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । रोकिएको काम बन्नुका साथै यश वर्चस्व वृद्धि हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): पराक्रम बढ्नेछ । कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । आफ्ना काममा अरूले अधिकार जमाउने चेष्टा गर्नेछन्, तर प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । उद्योग–धन्दामा पनि राम्रै सफलता हात पार्न सकिने योग छ । बुद्धिको उपयोगले सफलता मिल्ने देखिन्छ । रसरागमा आकर्षण रहला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आयआर्जनमा कमी आउने सम्भावना छ, तर मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । खर्च वृद्धि होला । मातृ–स्वास्थ्यस्थिति कमजोर बन्नाले चिन्ता बढ्न सक्छ । धनसम्पत्ति वृद्धि होला । शत्रुमाथि विजय प्राप्त हुनेछ । सन्तानसुख प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । १ बैशाख २०८१ को मिति । नयाँ वर्षको दिन । घरमा माहोल रमाइलो थियो । एकाबिहानै ३२ वर्षीय रोशन सिंह (नाम परिवर्तन) को ह्वाट्सएपमा आफ्नै बहिनीको नग्न फोटो तथा भिडिओ आयो । रोशन आफ्नो फोन घरमै छोडेर नियमित काममा गएका थिए । उक्त फोनमा परिवारका अन्य सदस्यको पनि पहुँच थियो । रोशन पेसाले […]

इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा प्रथम महिला खाे-खाे प्रतियोगिता हुने भएको छ । भाेक्राहा नरसिंह गाउँपालिका चिराैली सुनसरीको सहयोग तथा प्रदेश स्तरीय खाे-खाे खेलकुद उपभोक्ता समितिको आयोजना र जिल्ला खाे-खाे संघ सुनसरीको सहकार्यमा उपाध्यक्ष प्रथम महिला आमन्त्रण राष्ट्रिय खाे-खाे प्रतियोगिता आयाेजना हुने भएको हाे । प्रतियोगिता जेठ २९ गतेदेखि ३१ गते सम्म संचालन हुने […]

झापा  । कोशी प्रदेश स्थित बी एन्ड सी मेडिकल कलेजले अन्ततः सम्बन्धन पाउने भएको छ । सर्वोच्च अदालतले बिहीबार चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयको नाममा परमादेश जारी गरेसँगै सम्बन्धन पाउने भएको हो । न्यायाधीशद्वय डा. कुमार चुँडाल र सारंगा सुवेदीको संयुक्त इजलासले १५ दिनभित्र सम्बन्धन दिन परमादेश जारी गरेका हुन् । सर्वोच्चले यसअघि १२ चैत, २०८० मा […]