०३ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

१६ क्विन्टल बढी गाँजा बरामद

Logo
नमो संवाददाता प्रकाशित शुक्रबार, जेठ २५, २०८१

तस्विर : नमो अनलाइन

लालबन्दी ।  सर्लाहीको लालबन्दीबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ। प्रहरीले लालबन्दी नगरपालिका–१४ डाइनी खोलास्थित लंगुरडाँडा भन्ने विकट गाउँमा लुकाइछिपाई राखेको अवस्थामा १६ क्विन्टल १२ किलो ८५० ग्राम गाँजा बरामद गरेको हो।

काठले बनेको दुई तलाको घरमा गाँजा भण्डारण गरेर राखेको सूचनाको आधारमा प्रहरीले गएराति झन्डै ६ घण्टा लगाएर छापा मारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिए। बरामद गाँजाको अवैध बजार मूल्य साढे दुई करोड रुपैयाँभन्दा धेरै रहेको छ।

लंगुरडाँडामा गाँजा उत्पादन गर्ने कारखाना रहेको सूचनापछि जिप्रकाले इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक सुजन पाठकको नेतृत्वको अप्रेसन टोली परिचालन गरेको थियो। प्रहरीको अप्रेसनपछि स्थानीय गाउँ खाली गरेर फरार भएका थिए।

राति ८ बजेदेखि बिहान ३ बजेसम्म प्रहरीले उक्त घर र आसपास गाउँमा छापामारी अभियान चलाएको थियो। घटनास्थलमा प्रहरी उपरीक्षकको कमान्डमा ८० जना र सशस्त्र प्रहरी नायब उपरीक्षकको कमान्डमा ४५ जना परिचालन भएका थिए।

घर तथा शौचालयमा समेत टिन र प्लास्टिकको ड्रममा प्याक गरेर राखेको अवस्थामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट गाँजा प्याक गरेको १५ थान टिनको ड्रम, एक थान पाँच सय लिटर क्षमताको प्लास्टिकको ड्रम, गाँजासहितको बोरा, गाँजा च्याप्ने मेसिन एक थान, दुई थान गाँजा च्याप्न प्रयोग भएको जगसमेत बरामद गरेको छ।

उक्त स्थानमा उत्पादन भएका गाँजा विभिन्न नेपाली तथा भारतीय बजारहरूसम्म तस्करी हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। जिल्ला तथा जिल्लाबाहिरका अवैध गाँजा तस्करी घटनामा समेत उक्त स्थानबाट लिएर गएको गाँजा बरामद भएपछि प्रहरीले गाँजा भण्डारणको आशंकामा निगरानी बढाएको थियो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]