०३ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

भाेक्राहा नरसिंहमा प्रथम महिला खाे-खाे प्रतियोगिता

Logo
नमो संवाददाता प्रकाशित शनिबार, जेठ २६, २०८१

तस्विर : नमो अनलाईन

इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा प्रथम महिला खाे-खाे प्रतियोगिता हुने भएको छ ।

भाेक्राहा नरसिंह गाउँपालिका चिराैली सुनसरीको सहयोग तथा प्रदेश स्तरीय खाे-खाे खेलकुद उपभोक्ता समितिको आयोजना र जिल्ला खाे-खाे संघ सुनसरीको सहकार्यमा उपाध्यक्ष प्रथम महिला आमन्त्रण राष्ट्रिय खाे-खाे प्रतियोगिता आयाेजना हुने भएको हाे । प्रतियोगिता जेठ २९ गतेदेखि ३१ गते सम्म संचालन हुने भएको छ ।

 

नेपालमै पहिलोपटक भाेक्राहा नरसिंह गाउँपालिका सुनसरीकाे सहयोग तथा प्रदेश स्तरीय महिला खाे-खाे प्रतियोगिता समितिको आयाेजनामा हुन लागिएको उपाध्यक्ष प्रथम महिला आमन्त्रण राष्ट्रिय खाे-खाे प्रतियोगितामा राष्ट्रिय खाे-खाे खेलाडीको सहभागिता हुने आयाेजकले जनाइएको छ ।

आयाेजकले दिएको जानकारीअनुसार उपाध्यक्ष प्रथम महिला आमन्त्रण राष्ट्रिय खाे-खाे प्रतियोगितालाई थप आकर्षक बनाउनका लागि त्रिभुवन आर्मी क्लब काठमाडौं सहित माेरंग, धनकुटा, धनुषा, सर्लाही , बारा, सुनसरी लगायतका टीमकाे सहभागी हुने आयाेजक समितिका अध्यक्ष बिरेन्द्र यादवले जानकारी दिए ।

 

लिग कम नकआउटको आधारमा हुने प्रतियोगितामा ६ जिल्ला र विभागीय टीम त्रिभुवन आर्मी क्लब गरि माेरंग, धनकुटा, धनुषा, सर्लाही , बारा, सुनसरी लगायतका ७ वटा टीम बीच कडा प्रतिस्पर्धा हुनेछ । यस प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक पनि संलग्न हुनेछन्।

 

प्रतियागिताको विजेताले ट्रफी,मेडल र प्रमाणपत्र सहित २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । यसैगरी उपविजेता टोलीले १५ हजार र तेस्रो हुने टोलीले ५ हजार १ रुपैयाँ प्राप्त गर्नेछन्।

 

प्रतियोगिताका सर्वश्रेष्ठ चेजर र रनरलाई पनि जनही दस हजार रुपैयाँले पुरस्कृत गरिनेछ। सुनसरी जिल्ला खो खो संघका अध्यक्ष तथा खाे-खाे संघ काेशी प्रदेशका सचिव कपिलदेव यादवले मङ्गलबार पहिलो पटक उमेर समूहको खो खो प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिएका थिए।

नेपालमा खो खो खेलको स्थापना वि.सं.२०५२ सालमा भएको हो । यसअघि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरिएपनि सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकाले उपाध्यक्ष प्रथम महिला आमन्त्रण राष्ट्रिय खाे-खाे प्रतियोगिता पहिलोपटक आयोजना गर्न लागिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]