०३ आषाढ २०८१, आइतबार
16-06-2024 , Sun
×

प्रमुख प्रसासकीय अधिकृतको रुपमा साफीलाई भब्य स्वागत

Logo
ब्रहमदेव मेहता प्रकाशित आइतबार, जेठ २७, २०८१

तस्विर : नमो अनलाईन

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकामा कम्पनी रजिस्ट्रार कार्यालय इटहरी, सुनसरीबाट सरूवा भई आउनु भएको प्रमुख प्रशासकीय अधिकृत सुधिर साफीलाई गाउँपालिका परिवारले स्वागत गरेका छन् ।

नेपाल सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार काठमाण्डौबाट स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा ४ अनुसार देवानगञ्ज गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय देवानगञ्जको प्रमुख प्रशासकीय अधिकृतको रूपमा आउनुभएका सुधिर साफीलाई गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले स्वागत गरेका हुन् ।

स्वागत कार्यक्रममा गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता, उपाध्यक्ष विभा कुमारी यादव, सबै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, सूचना प्रविधि अधिकृत जनार्दन मेहता, बिभिन्न शाखाका शाखा प्रमुख, कर्मचारी तथा सञ्चारकर्मीहरु लगायतको उपस्थित रहेको थियो।

कार्यक्रमको प्रारम्भमा जनप्रतिनिधिहरूले साफीलाई खादा तथा फूलमालाले सम्मान गर्दै स्वागत गरेका थिए । सो अवसरमा पालिका अध्यक्ष बेचन मेहताले गाउँपालिकाको विकास र सेवाग्राहीको सुविधाको लागि साफीको अनुभव र नेतृत्वमा विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, साफीको आगमनले गाउँपालिकाको प्रशासनिक कार्यमा थप प्रभावकारिता र गति आउनेछ।

उपाध्यक्ष विभा कुमारी यादवले पनि प्रमुख प्रशासकीय अधिकृत साफीलाई स्वागत गर्दै उहाँको अनुभव र दक्षताको प्रशंसा गर्नुभयो।

कार्यक्रममा उपस्थित सूचना प्रविधि अधिकृत जनार्दन मेहताले प्रविधिको प्रयोगमार्फत् सेवा प्रवाहलाई अझ सुलभ र द्रुत बनाउने योजना प्रस्तुत गर्नुभयो। वहाँले नयाँ प्रविधिहरूको प्रयोगले सेवाग्राहीको समस्या समाधान र सेवा प्रदान गर्ने प्रक्रिया सरल र छिटो हुने बताउनुभयो।

स्वागत कार्यक्रममा बोल्दै साफिले मैले आफ्नो कार्यकालमा यहाँका सेवाग्राहीलाई छिटोभन्दा छिटो सेवा प्रवाह गर्ने बताउनुभयो। देवानगञ्ज गाउँपालिकाको समग्र विकाशका निमित्त कटिबद्द भएर अगाडि बढ्ने बताउनुभयो। सबैलाई धन्यवाद व्यक्त गर्दै गाउँपालिकाको विकासमा सबैको सहयोगको अपेक्षा राखेको राखेको जिकीर गर्नु भयो।

स्वागत कार्यक्रममा जनप्रतिनिधिहरू तथा कर्मचारीहरूले समेत प्रमुख प्रशासकीय अधिकृत साफीको आगमनलाई स्वागत गर्दै गाउँपालिकाको विकास र सेवाग्राहीको सुविधाको लागि सकारात्मक योगदानको अपेक्षा गर्नुभयो। वहाँहरूले प्रमुख प्रशासकीय अधिकृतलाई आफ्नो क्षेत्रका समस्याहरू र चुनौतिहरूको बारेमा जानकारी गराउँदै समाधानको लागि सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभयो।

यता प्रमुख प्रशासकीय अधिकृत साफीको आगमनले गाउँपालिकाको प्रशासनिक कार्यमा नयाँ उर्जा र उत्साहको संचार गरेको पालिका अध्यक्ष मेहताको कथन छ। वहाँको नेतृत्वमा गाउँपालिकाले विकास र सेवा प्रवाहमा महत्वपूर्ण प्रगति गर्ने अपेक्षा राखिएको पालिका अध्यक्ष मेहता बताउँछन् ।

उता स्वागत कार्यक्रम एक उत्साहपूर्ण र प्रेरणादायक वातावरणमा सम्पन्न भएको छ । जसले प्रमुख प्रशासकीय अधिकृत सुधिर साफीको आगमनलाई स्वागत गर्दै गाउँपालिकाको विकास र सेवाग्राहीको सुविधाको लागि सकारात्मक परिवर्तनको आशा व्यक्त गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकामा कम्पनी रजिस्ट्रार कार्यालय इटहरी, सुनसरीबाट सरूवा भई आउनु भएको प्रमुख प्रशासकीय अधिकृत सुधिर साफीलाई गाउँपालिका परिवारले स्वागत गरेका छन् । नेपाल सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार काठमाण्डौबाट स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा ४ अनुसार देवानगञ्ज गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालय देवानगञ्जको प्रमुख प्रशासकीय अधिकृतको […]

विराटनगर । समाजसेवामा सक्रिय अभिषेक गिरीले स्थापना गरेको गिरी फाउन्डेसनले मोरङको कटहरी गाउँपालिकास्थित एक विद्यालयलाई शैक्षिक र खेलकुद सामग्री वितरण गरेको छ । फाउन्डेसनका अध्यक्ष अभिषेक गिरीले बुधबार कटहरी (४ खयरवनस्थित श्री आधारभूत विद्यालयलाई शैक्षिक र खेलकुद सामग्री वितरण गरेका हुन् । उक्त विद्यालयलाई ६० हजार रकम बराबरको कापी (कलम, ह्वाइट बोर्डलगायत शैक्षिक सामग्री र […]

इनरुवा । सामुदायिक विद्यालय सुधार अभियानका लागि अनुगमन प्रभावकारी गर्न लागेको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले बताउनुभएको छ । कोशी गाउँक्षेत्रको शिक्षा सुधारमा आफू लागि परेको र शिक्षालाई मजाक बनाउनेलाई छुट नगर्ने बताउनुभयो । कोशी गाउँपालिका अन्तर्गतका सामुदायिक तथा धार्मिक बिद्यालयको अनुगमन तथा मूल्यांकन बारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले गाउँपालिकामा […]