१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

राष्ट्रिय एकता अभियानद्वारा प्रमको राजिनामा माग

Logo
नमो अनलाईन प्रकाशित बिहिबार, भाद्र ०७, २०८०

काठमाडौं । सुनसरीको धरानमा गोरु काटी हत्या गरिएको भन्दै राष्ट्रिय एकता अभियानले काठमाडौंको नयाँ बानेश्वरस्थित बिरोध प्रदर्शन गरेका छन् ।

आज राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवको संयोजनमा नयाँ बानेशवरस्थित संघीय संसद भवन अगाडि “गौ हत्याका मतियार प्रधानमन्त्री प्रचण्ड राजीनामा गर”, “गौ हत्या बन्द गर “, “प्रधानमन्त्री राजीनामा देऊ’, “संविधानको रक्षा गर” , ” गौवंशलाई हत्या गर्नेहरुलाई कारवाही गर ” जस्ता नारा लगाएर विरोध प्रदर्शन गरेको हुन्।

बिरोध प्रदर्शन गरिरहेका राष्ट्रिय एकता अभियानका केन्द्रिय संयोजक सहित पार्टीका बरिषठ नेता बीपी यादव, काठमाडौं सम्पर्क मंचका काम संयोजक विनोद कुमार सिंह, अभियानका केन्द्रिय सदस्य उमेश सिंह, राकेश सिंह ,गणेश कुमार सिंह,संतोष मिश्रा लगायत अभियानका विभिन्न कार्यकरता लाई प्रहरीले पक्राउ गरी तीनकुने प्रहरी वृतमा राखिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]