०३ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

मध्यहर्षाहीका जेष्ठ नागरिकहरु सम्मानीत

Logo
जुगेस दास प्रकाशित आइतबार, आषाढ ०३, २०८१

तस्विर : नमो अनलाइन

सुनसरी । देवानगञ्ज गाउँपालिका १ नं. वडा कार्यालय मध्यहर्षाहीको सहयोग तथा भुमिका विकास समाज देवानगञ्जको सहकार्यमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

वडा भित्र रहेकका जेष्ठ नागरिकहरुलाई उहाँहरुले देखाएको मार्गदर्शन तथा समाजमा बिभिन्न तवरबाट पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो । १५० जना जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाइ तथा बर्षायाममा हिड्डुल गर्न सहज होस् भनि छाता प्रदान गरी सम्मान गरिएको हो ।

सम्मान कार्यक्रमको प्रमुख अतिथिको रुपमा रहेको सुनसरी जिल्ला समन्वय समितीका अध्यक्ष तथा नेपाली काङ्ग्रेसका युवा नेता राजन मेहताले ‘जेष्ठ नागरिकहरुको सम्मान गरौ, राष्ट्रिय गौरव बढाऔ’ भन्ने भाव बोकी सम्मान गरिएकोमा आफु खुशी भएको बताएका छन् ।

देवानगञ्ज गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले हामी जुन अवस्थामा छौं त्यो अवस्था उहाँहरुले पार गरिसकेकोले उहाँहरुले देखाएको दिशा, दिएको उपदेश हामीले आत्मसात गरी अगाडी बढ्नु पर्ने बताएका थिए । सदैव समाजको अविभावकत्व ग्रहण गर्नु हुने हाम्रा अग्रजहरुलाई वडा कार्यालयबाट गरिएको सम्मान प्रशंसनीय रहेको बताईन्।

उक्त कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता तथा पालिकाअध्यक्ष प्रत्यासी श्यामलाल मेहताले जेष्ठ नागरिकहरु गाउँको अभिभावक रहेकोले हरेक क्षेत्रबाट सम्मान गरिनुपर्ने बताउनु भएको छ । उहाँहरुले देखाउनु भएको पदमार्गमा हामी अगाडी बढी रहेका छौँ । उहाँहरुको जति नै सम्मान गरिए पनि कमै हुने हो। उहाँहरुले आफ्नो समयमा समाजलाई एक ढिकामा बाँधी हरेक अप्ठ्यारोहरुमा मार्ग दर्शन गर्नु भएकोले आभार समेत व्यक्त गरेका थिए ।

त्यस्तै वडाअध्यक्ष सुर्यनरायण पालले जेष्ठ नागरिकहरुको लागि नेपाल सरकारले हरेक तहबाट सहयोग गरिरहेको बताए । अब आउने दिनमा जेष्ठ नागरिकहरुको लागि थप नयाँ योजना ल्याई सहयोग र सम्मान गर्न आफु प्रतिबद्ध रहेको प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

उत्त कार्यक्रममा वडा सदस्य, समाजिक अगुवा, स्थानिय समाजसेवीहरुको उपस्थीति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । हरिनगरामा रहेको उपयुक्त कृषि सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभा सम्पन भएको छ । हरिनगर गाउँपालिका वडा नं. – ४ हरिनगरा स्थित रहेको हरिनगरा माध्यमिक विद्यालयको सभाहलमा गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतको प्रमुख आतिथ्यमा सभाको आयोजना गर्दै आर्थिक बर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभा सम्पन भएको हो। सभामा […]

बराहक्षेत्र । सुनसरी जिल्ला स्थित बराहक्षेत्र नगरपालिका ११ मधुवन स्थिति रहेको दाजु भाइ कृषि फर्मले विगत विगतको ४ बर्ष देखि च्याउ खेती तर्फ आकर्षित भएका छन । वैदेशिक रोजगारबाट फर्केर आएका भरत र रोसन दाजु भाइले च्याउ खेती गर्दे आएको हो। पहिलोपटक २ सय सिलिन्डर अर्थात पोक्का बाट च्याउ खेती गरिएको थियो । भने अहिले […]

हरिनगर । विशेष सूचनाका आधारमा खटिएको ईलाका प्रहरी कार्यालय देवानगञ्ज र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले हरिनगर गाउँपालिका – ७ कविलासा टोलको भित्री सडक खण्डबाट १०७.८ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। टोलीले को १ ह २२६१ नम्बरको अटोमा प्लास्टिकको चार वटा बोरामा लुकाएर ल्याइएको लागू औषध गाँजासहित अटो चालक देवानगञ्ज गाउँपालिका–२ का २० […]