०३ आश्विन २०८१, बिहिबार
19-09-2024 , Thu
×

नेपाल विद्युत प्राधिकरण इनरुवा वितरण केन्द्र सुनसरीको चरम लापरवाही

Logo
ब्रहमदेव मेहता प्रकाशित सोमबार, आषाढ ०४, २०८१

तस्विर : नमो अनलाईन

हरिनगर । नेपाल विद्युत प्राधिकरण नेपालको आधिकारीक विद्युत प्रशारण निकाय हो । जसले नेपालमा सञ्चालित उद्योगधन्दा, कलकारखाना, मानिसका घरमा आवश्यक बत्ती, फ्रिज, पंखा लगायतका साधन चलाउने जिम्मा लिएको छ । अथवा सोही विद्युतको माध्यमबाट नेपालीले आफ्ना लागी आवश्यक विद्युत उपभोग गरेर सो प्रयोग गरेवापत प्राधिकरणले तोकेको शुल्क तथा जरिवाना समेत तिर्दै आईरहेका छन् । जुन बत्तिले जीवन सहज बनाएको छ सोही बत्तिले कतिको जीवनमा आम्दानी भन्दा खर्च बढी गराएर साहुबाट उधारो लिन मजबुर पारेका छन् । त्यसको कारण भनेको विद्युत प्राधिकरण हो ।

अनियमित विद्युतको कारण भएको क्षतिको जिम्मा पनि कागजको पानामा हामी लिन्छौं भनेर पनि भनेका छन् तर व्यवहारमा भने ऋणसाहु गरेर घर चलाएका आम नागरिक यसको चपेटामा परेका छन् आवश्यक समयमा बत्ती नहुनु र पटक पटक बत्ति जाने भएकोले सामान्य दैनिक जिवनमा प्रयोग गर्ने सामाग्री समेत दिनहु बत्तिको भोल्टेजका कारण बिग्रिएर क्षति व्यहोरीरहेका छन् ।

विदेशसम्म बत्ति बेचेको र बेच्ने गफ दिएको प्राधिकरणले सुनसरीको दक्षिण भेगलालाई भने सधैं सौतेनी व्यवहार नै गरेको छ । हावाहुरी, पानी त थियो थियो अलि ठूलो आवाजले कसैले आकाश करायो भन्ने वहाना बनाएर समेत प्राधिकरणले बत्ति काट्छ, ठिक छ काट्ने समयमा त काट्छ बत्ति दिने समयमा त आवश्यकता अनुसार उपभोक्ताले प्रयोग गर्न पाउने अधिकार छैन र ?विद्युतीय माध्यमबाट चल्ने मेसिनरी आईटम विद्युतको पावरका कारण दैनिक मेसिनरी सामानका पार्टस्हरु बिग्रिरहेका हुन्छन् ।

त्यसको क्षतिपूर्ति नेपाल विद्युत प्राधिकरणले तिर्ने कि नतिर्ने ? प्राधिकरण त्यसको जवाफदेही हुने की नहुने ? कि खाली जेनेरेटर, व्याट्री व्याकअप नभई नहुने, बेलामा अनावश्यक बत्ती काटेर बिकास बापतको मोटो कमिसन उठाउने संधै प्राधिकरणको बत्ति बनाउने समयमात्र चाहिन्छ भने के नाटक गरेर बत्ति बेच्छौ त बन्द गर तिम्रो झोलीको व्यापार सुनसरीको दक्षिण् वर्ती ग्रामिण क्षेत्रका आम नागरि सँग रकम मात्रै असुल्छौ की समयमा बिजुली पनी दिने।

बेच बिदेह कमाउ पैसा केही छ र ? सामाजिक उत्तरदायित्व रु कहिल्यै हामीबाट लिएको नाफाबाट सामाजिक उत्तरदायित्व भन्ने कुरा विद्युत प्राधिकरणले थाहा पाएको छ र ? थाहा पाएको छ त एक महिना ढिला विल भुक्तानी गर्दा २५ प्रतिशत विलम्ब लिने बैंक र वित्तिय संस्थाको भन्दा सयौं गुणा बढी व्याज र हर्जना लिने छुट पाएको प्राधिकरणजस्तो जिम्मेवार हुनुपर्ने निकाय यसरी गैरजिम्मेवार हुन मिल्छ र ?

नेपाल विद्युत प्राधिकरण इनरुवा वितरण केन्द्र सुनसरीको चरम लापरवाहीको कारण सुनसरीको सिमावर्ती क्षेत्र हरिनगर र देवानगञ्ज गाउँपालिका क्षेत्रमा विभिन्न समस्या देखिन थालेको छ । पटक पटक विजुली जाने, आउने गर्दा समेत प्राधिकरण बेखबर जस्तै भएर बसेको छ । अझ हाई भोल्टेज विजुली प्रवाह भएको कारण यस क्षेत्रका दर्जन भन्दा बढी स्थानमा क्षति पुगेको छ ।

त्यसो त हरिनगर देवानगञ्जका वासिहरु निवेदन र गुनासा लिएर प्राधिकरणको ढोका ढकढक्याउन नगएका होईनन् तर प्राधिकरणको वेवास्ता र लापरवाहीको कारण ग्रामिण भेगका वासिहरु विजुलीकै कारण ज्याननै जाने हो कि भन्दै त्रासमा बसेका छन् ।

हरिनगर देवानगञ्ज तिरका क्षेत्रमा साँझमा खाना पकाउने बेला होस् वा खाना खाने बेला झ्याप्प विजुली जान्छ । सामान्य हुरी चल्दा वा सिमसिम पानी पर्दा समेत विजुली आउने जाने गर्छ । यस क्षेत्रका सडकका बिचमा सडकनै अवरोध हुनेगरी विजुलीका पोलहरु गडिएका छन् । विद्युत विस्तारको हालत नाजुक अवस्थामा छ । पोलमा विजुलीका तारहरु गज्याङगुजुङ भएका कारण विद्युत सर्ट हुने अनि कहिलेकाँही तारहरु विद्युत सर्टभई बलेका समेत प्रत्यक्ष देख्न सकिन्छ ।

विजुलीको यो नाजुक अवस्थाका कारण सुनसरी दक्षिण भेगका सबैलाई समस्या भएको छ । ग्रामीण भेगमा ट्रान्सफर्मर चेँकजाँच हत्तपत्त हुँदैँन । विद्युत प्राधिकरणका प्राविधिकलाई चित्तबुझे जान्छन् नत्र पटकौ पटक फोन सम्पर्क गरी जानकारी गराउँदा समेत कुनै वास्ता गर्दैनन् । समस्या सामान्य मात्रै होईन । केहि समयअधिमात्रै हाई भोल्टेजका कारण देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीका स्वास्थ्य चौकीको ईलेक्ट्रोनिक समानहरु जलेर जले । उत्त क्षेत्रका स्थानियहरुको घरमा प्रयोग गरिएका समानहरु समेत जले तर प्राधिकरण बेखबर छन् ।

सहि तरिकाले विजुली विस्तार नगर्दा निकै जोखिम हुन्छ ,तर सम्बन्धित निकायको यस विषयमा चासो भने किन देखिँदैन र ? सर्वसाधारणहरुले गुनासो गर्न थालेका छन् । दिनमै बिस पच्चिस् पटकसम्म विजुली जाने आउने गर्दासमेत प्राधिकरण मौन बस्नुले प्राधिकारणबाटै नियोचित रुपमा अघोषित लोडसेडिङ गराईएको सुनसरी बासीको आरोप छ ।

यस क्षेत्रका आम नागरिकले लाईन काटिएको बेला किन काटिएको भन्ने बारेमा जानकारी लिन खोज्दा कित फोन सम्पर्क हुँदैन भए पनि फोन उठ्दैन् । आम नागरिकले प्रयोग गरेको बिधुतवापत तिरेको रकमबाट चलेको प्राधिकरण भने निमित बिधुत आपुर्ति तर्फ ध्यान नदिएको अवस्था छ । विधुतको तार बिछाएको ठाउँमा भएको बोटबिरुवा समयमा वयवस्थापन गर्न सक्दैन तर बिधुतको महसुल समयमा नतिरे पछि फाईन काट्न भने हिचकिचाउदैनन् ।

जिम्मेवार निकाय भनिएको प्राधिकरणको गैरजिम्मेवारपूर्ण यो कार्यबाट हुने क्षतिको पूर्ति प्राधिकरणले दिनुपर्छ । उसले सितैमा गाडेका पोलको न भाडा बुझाउँछ न त आफ्नो जग्गा खरिद गरेर पोल गाडेको हुन्छ रु सामाजिक उत्तरदायित्व अन्तरगत हरिनगर देवानगञ्ज क्षेत्रका महसुल नतिरेको भन्दै कतिको बिधुत काटिएको छ । काटेका बत्तिहरु उसले आफै छिटो भन्दा छिटो बाल्न पाउनु पर्छ ।

होईन भने यस क्षेत्रको नेतृत्व गर्नेहरुको कमजोर नेतृत्व प्रमाणीत समेत हुन्छ । दिभरी पैनचतीमा समय बिताउने नेतृत्वकर्ताहरु खाली आफ्नोमात्र बिकासमा ध्यान दिने सामाजिक दायित्व केही छैन र उहाँहरुको यत्ति कुरासम्म समन्वय र आफ्ना जायज कुराहरु सम्बन्धित निकायसम्म समन्वय गरेर टुङ्ग्याउन नसक्नु नेतृत्वको नालायकीपन बाहेक केही होईन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । धरानमा करिब २० हजारको सङ्ख्यामा लागुऔषध प्रयोगकर्ताहरू रहेको अनुमान गरिएको छ । स्कुल जाने कक्षा ६ देखी १२ सम्मका विद्यार्थी गलत सङ्गतले दुर्व्यसनमा फस्ने गरेका छन् । आमाहरूले उनीहरूलाई बचाउन सक्ने भएकाले इलाका प्रहरी कार्यालय धरानद्वारा सोमवार आयोजित प्रशिक्षण कार्यक्रममा प्रशिक्षक प्रहरी निरीक्षक दिवस कुवर उक्त जानकारी दिएका हुन । धरानमा लागुऔषध दुर्व्यसन […]

हरिनगर । विराटनगर स्थित जुद्ध म्याच फ्याक्ट्री (सलाई उद्योग) का श्रमिक मान बहादुर गुरुङले एक दशकको पारिश्रमिक एकमुष्ट पाइन्छ भन्ने आस मारेका छैनन् । २१ वर्षदेखि पारिश्रमिकको पर्खाइमा रहेका उनी बुढेसकालमा पसिनाको मूल्य कुरिरहेका छन् । तेह्रथुमबाट जागिर खान उद्योगमा पुगेका उनी २०३९ साल देखिका स्थायी कर्मचारी हुन् । २०६३ सालमा सुरेन्द्रलाल सुवालले उद्योगको अध्यक्ष […]

हेटौँडा । एक साताअघि हेटौँडा उपमहानगरपालिका-१० बसपार्कस्थित होटलको कोठामा युवतीको हत्या गरी फरार भएका  समिर खानलाई प्रहरीले सोमबार अपरान्ह हेटौँडाबाटै पक्राउ गरेको छ । होटलको कोठामा हेटौँडा उपमहानगरपालिका-११ सरस्वतीकी २३ वर्षीया एलिसा न्यौपानेको हत्या गरेर फरार भएका हेटौँडा उपमहानगरपालिका-४ का ३२ वर्षीय समिर खान भन्ने चाँद खाँ पैठानलाई हेटौँडा उपमहानगरपालिका-५ लटिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरेको […]