१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

लुम्विनी, तिलौराकोटको अध्ययन अवलोकनमा सांसद भगबती चौधरी

Logo
ब्रहमदेव मेहता प्रकाशित शुक्रबार, भाद्र ०८, २०८०

तस्विर : भगवती चौधरीको सचिवालय

हरिनगर । नेकपा एमालेकी सांसद भगबती चौधरी एसियाकै ज्योती भगवान गौतम बुद्धको जन्मस्थल लुम्विनीको स्थलगत निरीक्षण र अध्ययनमा पुगेकी छन् । शुक्रबार पूर्वमन्त्री समेत रहेकी सांसद चौधरी लुम्विनीको मायादेवी मन्दिर तथा तिलौराकोटको राजा सुद्धोधनको दरबार क्षेत्रको अवलोकन गरेकी हुन् ।

सुनसरी निर्वाचन क्षेत्र नं. ३ गढी गाउँपालिकामा बौद्ध मोनास्टिक निर्माण कार्य अगाडी बढाई रहेकी चौधरीले निटक भविष्यमा निर्माण हुन गइरहेको गढदेव बौद्ध मोनास्टिकमा कसरी भगवान गौतम बुद्धको ऐतिहासिकता, धार्मिकतालाई समावेश गर्न सकिन्छ भनेर लुम्विनी र तिलौराकोटको भ्रमण गरेकी हुन् ।

सो अवसरमा सांसद चौधरीले भगवान गौतम बुद्धको जन्मस्थलबाट नेपाललाई धार्मिक पर्यटकीय मुलुक बनाउँदै विश्वभरबाट पर्यटन भित्र्याएर देश विकास गर्न सकिने पनि बताइन् । तिलौराकोटको राजा सुद्धोधनको दरबार क्षेत्र अवलोकन गर्दै लुम्विनी विकास कोषले दरबारको संरक्षण, उत्खनन र प्रवद्र्धनमा ध्यान दिनुपर्ने बताइन् ।

चौधरीले स्थानीय नेताहरुसँग अन्तरक्रिया गर्दै लुम्विनीको विकास गर्न स्थानीय तहका सरोकारवालाहरुले पनि ध्यान दिनुपर्ने तथा कोषले समेत स्थानीय जनतालाई साथमा लिएर उनीहरुको जनजिवीकाका सवालमा काम गर्नुपर्ने जिकीर गरिन् । ‘युवाहरु विदेशिने क्रम बढिरहेको छ । उनीहरुलाई स्वदेशमै काम गर्ने, स्वदेशमै बस्ने र आत्मनिर्भर हुन प्रेरित गर्ने योजना बनाउनु पर्छ । त्यसका लागि अब स्थानीय जनताले पनि आफ्ना अधिकार प्रति सजग हुनै पर्दछ ।’ चौधरीले भनिन् ।

भ्रमणमा लुम्विनी विकास कोषका सदस्य मेखबहादुर बुढाथोकीले सहजीकरण गरेका थिए । उनले लुम्विनीको धार्मिक, ऐतिहासिक, सांस्कृतिक पक्षलाई संरक्षण गर्न राज्यले विशेष गुरुयोजना बनाउनु पर्ने, पर्यटन प्रवद्र्धनका स्थानीयलाई समेटेर अगाडी बढ्नु पर्ने बताए ।

भ्रमणमा चौधरीले लुम्विनी बृहत्तर विकास क्षेत्रका मोनास्टिक, सम्राट अशोकको स्तम्भ, तिलौराकोटको संरक्षित दरबार क्षेत्र, जोडी स्तुप, ऐतिहासिक जगदिशपुर ताल लगायतका क्षेत्रहरुको अवलोकन गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]

देवानगञ्ज । नेपाल भारत सम्बन्धलाई काठमाडौ र दिल्लीको भन्दा सीमा वारिपारी बस्ने स्थानीयको नजरले हेर्न सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित एक कार्यक्रममा वक्ताहरुले सुझाब दिएका छन् । नेपाल भारतको एउटा महत्वपूर्ण छिमेकी हो । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण रहेको सत्यलाई बुझनुपर्छ उहाँहरुको […]