०३ माघ २०८१, बिहिबार
16-01-2025 , Thu
×

‘लागुऔषध दुर्व्यसन विरुद्ध आमाहरू’ अभियानको घोषणा

Logo
नमो अनलाईन प्रकाशित सोमबार, आषाढ ३२, २०८१

विराटनगर । नेपाल-भारत सिमानाकाहरूमा लागुऔषध नियन्त्रण गर्दै दुर्व्यसन रहित समुदायको लागि कोशी प्रदेश प्रहरीले ‘दुर्व्यसन विरुद्ध आमाहरू’ अभियान सुरु गरेको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख नायव महानिरीक्षक चन्द्र कुबेर खापुङको सभापतित्वमा आइतबार भएको कार्यक्रममा उक्त जानकारी दिइएको हो । अभियान जिल्ला प्रहरी मोरङ, इलाका प्रहरी रानी र सामुदायिक प्रहरी सेवा केन्द्र रानीको सहकार्यमा सुरु गरिएको हो ।

प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नेपाल प्रहरीले लागुऔषधको प्रयोग, ओसार पसार नियन्त्रण गर्दै युवाहरूलाई कुलतबाट जोगाउन सञ्चालनमा ल्याएको ‘दुर्व्यसन विरुद्ध आमाहरू’ अभियान स्वागत योग्य रहेको बताए ।

प्रदेश प्रहरी प्रमुख खापुङले ‘दुर्व्यसन विरुद्ध आमाहरू’ कोशी प्रदेशमा अभियानकै रूपमा ल्याएको बताउँदै ‘बालबालिकाहरूसँग बढी समय आमाहरूले बिताउने हुँदा उनीहरूको वानी ब्यहोरामा आएको परिवर्तन आमाहरूले थाहा पाउने भएकाले ‘आमा समूह’को अगुवाइमा अभियान सुरु गरिएको बताए ।

प्रदेश प्रहरी कार्यालयले सीमा नाकाहरूलाई लक्षित गरी दुर्व्यसन निरुत्साहित गर्न सचेतना मूलक अभियान अघि बढाइएको उनले बताए ।

प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले गत चैत्र १४ देखी सुरु भएको ‘दुर्व्यसन विरुद्ध आमाहरू’ अभियान प्रदेशका पालिका र वडा सम्म कार्य समिति गठन गरी अघि बढाउने बताए । यसलाई थप प्रभावकारी बनाउन सीमा नाकालाई लक्षित गरी अभियान सञ्चालन गरिएको उनले स्पष्ट गरे ।

मोरङका प्रजिअ प्रेमप्रसाद भट्टराई, मोरङ जिल्ला प्रहरी उपरीक्षक नवराज कार्की, विराटनगर-१५ का वडाध्यक्ष प्रकाश साह र सामाजिक अभियन्ता सदिना खातुनले धारणा राखेका थिए ।

सुरक्षा निकाय प्रमुखहरू, सामुदायिक सेवा केन्द्र रानीका पदाधिकारी, नागरिक समाज, आमा समूह, सङ्घ, संस्था, ज्येष्ठ नागरिक, महिला सञ्जाल, युवा समूह, स्थानियबासीहरूको उपस्थितिमा अभियानको जानकारी गराइएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]