०१ चैत्र २०८१, शनिबार
15-03-2025 , Sat
×

कन्सल्टेन्सीका म्यानेजरलाई कोवास कलेजका प्रिन्सिपलले गरे कुटपिट

Logo
नमो संवाददाता प्रकाशित मंगलबार, साउन ०१, २०८१

तस्विर : नमो अनलाईन

विराटनगर । कोशी प्रदेश स्थित विराटनगर–९ मा रहेको मिथिला कन्सल्टेन्सीका व्यवस्थापक सुभम साहमाथि कुटपिट भएको छ । कोवास कलेजका प्रिन्सिपल सुनिल श्रेष्ठसहित चार जनाको समूहले सोमवार कार्यकक्षभित्र प्रवेश गरेर २७ वर्षीय साहमाथि कुटपिट गरेको हो ।

आफूमाथि श्रेष्ठसहित कलेजका बाउन्सर र सुरक्षागार्डले निर्घात कुटपिट गरेको साहले बताए । प्रिन्सिपल श्रेष्ठले म्यानेजर साहलाई कुटपिट गरेको सिसि टिभिको भिडियो पनि सार्वजनिक भएको छ । श्रेष्ठसहित चारजना साहको कार्यकक्षमा प्रवेश गरेर कुटपिट गरेको भिडियोमा देखिन्छ । केहीबेर भनाभनपछि उनीमाथि मुक्का प्रहार गरेको भिडियोमा प्रष्ट देख्न सकिन्छ । मदिरा सेवन गरेर आएका श्रेष्ठले अपशब्द बोल्दै कुटपिट गरेको म्यानेजर साहले बताए ।

मिथिला कन्सल्टेन्सी कोवास कलेज परिसरबाट हटाउनुपर्ने भन्दै श्रेष्ठले आफूलाई कुटपिट गरेको पीडित साहले बताए । उक्त कन्सल्टेन्सी कोवास कलेज परिसरमा दुईवटा कोठा भाडामा लिएर विगत पाँच वर्षदेखि सञ्चालित छ । कुटपिटपछि जिल्ला प्रहरी कार्यालय, मोरङमा उजुरी दिन गएपनि प्रहरीले उजुरी दर्ता नगरेको साहको आरोप छ ।

यसका बीच प्रहरीले कुटपिटमा संलग्न प्रिन्सिपल श्रेष्ठसहित चार जनालाई नियन्त्रणमा लिएको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए । कुटपिट गर्नेहरूविरुद्ध हालसम्म जाहेरी नपरेको उनले दाबी गरे । । ‘जाहेरी आएको छैन,’ उनले भने ‘मंगलवार मात्रै थाहा हुन्छ । उहाँहरू मिल्नु हुन्छ कि, जाहेरी दिनुहुन्छ ।’

उनका अनुसार श्रेष्ठलाई अहिले वडा प्रहरी कार्यालय विराटनगर ‘क’मा राखिएको छ ।

प्रिन्सिपल श्रेष्ठलाई पावर लगाएर हाजिरी जमानतमा छुटाउन नेता लागिपरेको पीडित साह पक्षको आरोप छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्जु । कोशी प्रदेश स्थित सुनसरी जिल्लाको सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकाले बढ्दै गई रहेको कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमन गरि म्याद गुज्रेका समानहरु नियन्त्रणमान लिई नष्ट गरेको छ । गाउँपालिका भित्र पर्ने बजार देखी गाउँघरमा खोलिएका किराना पसल, मदिरा, हार्डवेयर, औषधी पसल, कपडा पसल, कस्मेटिक पसल तथा होटेलहरूमा फितलो अनुगमनको फाइदा उठाउँदै म्याद गुज्रेका तथा […]

बर्जु। कोशी प्रदेश स्थित बर्जु गाउँपालिकाका कर्मचारीहरुले संयुक्तरूपमा गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । पालिकामा कार्यरत कर्मचारीहरुको सुरक्षाको प्रत्याभुती गरी ७२ घण्टा भित्र सहज र सरल ढंगबाट काम गर्ने वातावरण सृजना गरियोस भन्ने माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा ” २०८१ साल फागुन २० गतेका दिन यस बर्जु गाउँपालिकाको प्रशासन शाखामा अन्दाजी १०:४५ […]

देवानगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्ने बताएका छन् । जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गत सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । पहिलो चरणमा सुरु गरिएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण सिमाना बसोबास गर्ने नेपालीको अवस्था बुझेर उनीहरूमाथिको विभेद […]