०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

सेटिङै–सेटिङमा ल्याइएको बजेटको विरुद्धमा – केदार कार्की

Logo
नमो संवाददाता प्रकाशित बुधबार, साउन १६, २०८१

तस्विर : नमो अनलाईन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले सेटिङै– सेटिङमा ल्याइएको बजेटका विरुद्ध संघर्ष गर्ने पुर्व मुख्यमन्त्री केदार कार्कीले घोषणा गरेका छन् । बुधबार कोशी प्रदेश सभाको मिडिया सेन्टरमा पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेसको तर्फबाट कोशी प्रदेश सभाको सदस्य एवं पूर्व मुख्यमन्त्री केदार कार्कीले सेटिङै– सेटिङमा मुख्य मन्त्री हिक्मत कार्कीले ल्याएको बजेटका विरुद्ध लोकतान्त्रीक तरिकाबाट सदनदेखि सडकसम्म संघर्ष गर्ने घोषणा गरेका छन् ।

मुख्यमन्त्री हिक्मत कार्कीले सचिवलाई दवाव दिएर पूर्व मुख्यमन्त्री केदार कार्कीको निर्वाचन क्षेत्र केशलिया करिडोरको लागि बजेट कटौती गरेको र १० वर्ष मुनिका बालबालिकाहरूको निःशुल्क उपचारका लागि ल्याइएको कार्यक्रम हटाइएको प्रति आपति जनाउँदै पुर्व मुख्यमन्त्री केदार कार्कीले संघर्ष गर्ने घोषणा गरेका छन् ।

केदार कार्की मुख्यमन्त्री भएको बेला १० वर्ष मुनिका बालबालिकाहरुको लागि निःशुल्क उपचार सेवा, जसको जंगल उसको मंगल “जंगल  मैत्री जंगल”, महिला स्वंयसेविकाका लागि प्रोत्साहन भत्ता कार्यक्रम, केशलिया करिडोर निर्माण, शैलजा आचार्य हृदय केन्द्र स्थापना तथा सञ्चालन, विपन्न विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रम, सुकुम्बासीलाई जग्गा खरिदमा ब्याज अनुदान र प्रदेशमा सगरमाथा दिवस जस्ता कार्यक्रमलाई मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारले हटाइएकोले त्यस प्रति घोर आपत्ति जनाएका छन् ।

कोशी प्रदेशमा चिया सम्मेलन गर्नका लागि पूर्व मुख्यमन्त्री केदार कार्कीले १ करोड ६६ लाख रुपैयाँ खर्च हुने इष्टिमेट गरेकोले मुख्यमन्त्री हिक्मत कार्कीले १५ करोड रुपैयाँ विनियोजन गरेकोले बजेटलाई सेटिङै– सेटिङको बजेट उपाधी थमाइएको छ । पूर्व मुख्यमन्त्री केदार कार्कीले पत्रकार सम्मेलनमा भने जनताले तिरेको कर जनतालाई नै फर्काउने गरी जनताको पक्षमा ल्याइएको कार्यक्रमलाई मुख्यमन्त्री हिक्मत कार्कीले कटौती गरेर झापामा पोखरी निर्माणको लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको र विभिन्न जातीय कुल देवतालाई खुसी पार्ने गरी ती देवीदेवताको नामबाट भवन बनाउन बजेट विनियोजन गरेकोले त्यसका विरुद्ध संघर्ष गर्ने निर्णयमा पुगेको पूर्व मुख्यमन्त्री केदार कार्कीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । ठगी आरोपमा झापा मेचिनगरका प्रदीप राउतलाई प्रहरीले पक्राउ गरेको छ। बैंकिङ कसुर मुद्दामा संलग्न रहेको भन्दै महाराजगञ्ज प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। राउतविरुद्ध १९ लाख ५० हजार र १५ लाख गरी दुईवटा चेक बाउन्सको जाहेरी परेको थियो। मेनपावर व्यवसायको आडमा ठगी गर्दै आएका उनले करोडौंको जग्गा किन्ने बहाना गर्दै धनाढ्य व्यक्तिहरूलाई जालमा पार्ने […]

हरिनगर। हरिनगरा बहुमुखी कलेजमा संचालन भैरहेको B. Ed. प्रथम बर्षको बार्षिक परिक्षा सौहार्दपूर्ण वातावरणमा संचालन भैरहेको छ । सुनसरी स्थित हरिनगर गाउँपालिकामा रहेको पूर्वाञ्चल विश्वविद्यालयबाट मान्यता प्राप्त हरिनगरा बहुमुखी कलेजमा संचालन भैरहेको B. Ed. प्रथम बर्षको बार्षिक परिक्षा सौहार्दपूर्ण वातावरणमा संचालन भैरहेको कलेज प्रमुख बलराम मण्डलले बताउनु भयो। स्थानिय तहमै कलेज स्थापना भएपछि बाहिर गएर […]

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]