०१ चैत्र २०८१, शनिबार
15-03-2025 , Sat
×

प्राज्ञिक विद्यार्थी परिषद्ले १६ जिल्लाका २५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने

Logo
नमो संवाददाता प्रकाशित आइतबार, साउन २०, २०८१

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले २ हजार ५ सय २५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गर्ने भएको छ । परिषद्ले देशभरिका १६ जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने भएको हो ।

कोशी प्रदेशका इलाम र झापासहित धनुषा, चितवन, काठमाडौँ, रसुवा, रामेछाप, पर्वत, मुस्ताङ, पाल्पा, गुल्मी, प्युठान, रुकुम, सुर्खेत, बैतडी र कञ्चनपुरका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिने परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पङ्गेनीले जानकारी दिए ।

कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूको आवश्यकतालाई महसुस गरी झोला, कपी, कलम, जमेक्ट्री बक्स, प्राज्ञिक अङ्ग्रेजी बोलचाल पुस्तक, नेपाली वृहत् शब्दकोश लगायतका सामग्री वितरण गरिने उनले बताए । विगत ३ वर्षदेखि परिषद्ले शैक्षिक सामग्री वितरण गरिरहेको उनले उल्लेख गरे ।

विद्यार्थी, शिक्षक र शिक्षाविद् माझ कार्य गर्दै आएको परिषद्ले देशका सातवटै प्रदेशमा शिक्षा क्षेत्रको समग्र सुधारका लागि शिक्षा कार्यशाला पनि सम्पन्न गरेको छ ।

विद्यार्थी परिषद्का केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपानेका अनुसार परिषद्ले विद्यार्थीहरूको वैचारिक एवम् सामाजिक विकास गर्ने क्रममा देशभरका क्याम्पसहरूमा जीवनोपयोगी सीपमा आधारित व्यक्तित्व विकास तालिम, छात्राहरूका लागि मिसन साहसी कार्यक्रम, निःशुल्क कम्प्युटर तालिम, कोचिङ कक्षा, बाल संस्कार कार्यक्रम, सरसफाइ अभियान, वृक्षारोपण, रक्तदानलगायतका कार्यक्रम गर्दै आइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्जु । कोशी प्रदेश स्थित सुनसरी जिल्लाको सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकाले बढ्दै गई रहेको कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमन गरि म्याद गुज्रेका समानहरु नियन्त्रणमान लिई नष्ट गरेको छ । गाउँपालिका भित्र पर्ने बजार देखी गाउँघरमा खोलिएका किराना पसल, मदिरा, हार्डवेयर, औषधी पसल, कपडा पसल, कस्मेटिक पसल तथा होटेलहरूमा फितलो अनुगमनको फाइदा उठाउँदै म्याद गुज्रेका तथा […]

बर्जु। कोशी प्रदेश स्थित बर्जु गाउँपालिकाका कर्मचारीहरुले संयुक्तरूपमा गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । पालिकामा कार्यरत कर्मचारीहरुको सुरक्षाको प्रत्याभुती गरी ७२ घण्टा भित्र सहज र सरल ढंगबाट काम गर्ने वातावरण सृजना गरियोस भन्ने माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा ” २०८१ साल फागुन २० गतेका दिन यस बर्जु गाउँपालिकाको प्रशासन शाखामा अन्दाजी १०:४५ […]

देवानगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्ने बताएका छन् । जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गत सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । पहिलो चरणमा सुरु गरिएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण सिमाना बसोबास गर्ने नेपालीको अवस्था बुझेर उनीहरूमाथिको विभेद […]