०६ माघ २०८१, आइतबार
19-01-2025 , Sun
×

इटहरी चोकबाट हराए १६ लाख बढीका डस्टबिन !

Logo
नमो संवाददाता प्रकाशित आइतबार, साउन २०, २०८१

इटहरी । २०७९ सालको अन्त्यसम्म इटहरीको मुख्य चोक आसपास देखिने ठुलो खालका निलो रङ्गका डस्टबिन अहिले बेपत्ता भएका छन् । फोहोरमैला व्यवस्थापनमा फरक प्रविधि अपनाउने भन्दै इटहरी उपमहानगरपालिकाले किनेका डस्टबिनलाई पूर्ण प्रयोगमा ल्याउन सकेन।

मुख्य बजार क्षेत्रमा राखिएका ठुला डस्टबिन उचाल्न धेरै जनशक्ति चाहीने भएपछि प्रयोगमा नआएको बताइएको छ । डस्टबिन उचाल्न र राख्न मेसिनै चाहीने हुँदा काममा ल्याउन नसकेर थन्क्याउनु परेको वातावरण शाखाका प्रमुख पुष्प नारायण चौधरी बताउँछन् । ७२ वटा डस्टबिन त्यस बेला २३ हजार रुपैयाँका दरले किनेको उनको भनाइ छ ।

सोही हिसाबबाट १६ लाख ५६ हजार रुपैयाँको लगानी डुबेको हो । त्यस अगाडी फलामको ह्याङ्गर भित्र प्लास्टिकको डस्टबिन राखे पनि हाल त्यसको निशाना भेटिँदैन । उता बिर्को सहितका साना डस्टबिनको भने बिर्को मात्र सडकमा देखिने गरेका छन् ।

शाखा प्रमुख चौधरी पालिकाले टोल विकाससँग मिलेर भित्री बजार क्षेत्रमा डस्टबिन राखिरहेको छ । हाल फोहोरमैला व्यवस्थापनमा निजी कम्पनीले नै प्रभावकारी काम गरिरहेको उनले बताए ।

ठुला र साना प्लास्टिकका डस्टबिन प्रयोगमा नआएपछि बिजुलीको पोलमा डोको राख्ने अभियान सुरु भयो । पर्यावरणमैत्री फोहोर सङ्कलन गर्ने उद्देश्यले २०७८ सालमा राखिएका डोकाहरू फोहोर भरिन नपाउँदै भत्किए । फोहोरमैला व्यवस्थापनमा अनेकन् प्रयास गरेको उपमहानगरपालिकाको मुख्य बजारमा अहिले भने डस्टबिन राखेको छैन । डस्टबिनमा मात्रै लाखौँ खर्च गरिसकेको उपमहानगरपालिका अन्ततः मुख्य बजार क्षेत्रमा डस्टबिन नराख्ने अवस्थामा पुगेको हो । कपुरी न्यूजबाट साभार।।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]