०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

एमाले नेता, कार्यकर्तालाई गुटको पक्षमा नलाग्न ओलीको निर्देशन

Logo
नमो अनलाईन प्रकाशित आइतबार, साउन २०, २०८१

तस्विर : नमो अनलाईन

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निष्ठापूर्वक काम गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्।

आइतबार एमाले मुख्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले गुटबन्दी नगर्न र निष्ठापूर्वक सक्रियताका साथ पार्टीको पक्षमा काम गर्न सिंगो पार्टी पंक्तिलाई सचेत गराए।

प्रधानमन्त्री ओलीले एक एक जालले समुद्र समेट्न नसक्ने उल्लेख गर्दै समुद्ररूपी एमालेमा पनि गुटबन्दी  र सानोतिनो कुरामा अल्झिएर बस्न नहुने बताए।

उनले एमालेले देश र जनताको पक्षमा ठूल्ठूला सफलता अझै हासिल गर्दै जाने जिकिर गर्दै सोही अनुसारको कामलाई बढावा दिनुपर्ने बताए।

प्रधानमन्त्री ओलीले भने, ‘इमानदारिताका साथ अनुशासित ढंगले नेकपा एमालेको हिसाबले तपाईंहरूले काम गर्नुहुनेछ। नेकपा एमालेभित्र पनि कतिपय गलत प्रवृत्तिहरू, बेठिक प्रवृत्तिहरू, विसंगतिहरू, त्यस्ता कुराहरू देखिएका छन्। ती कुराहरूबाट सिक्ने होइन। गुटबन्दीबाट सिक्ने होइन। गुटका पछाडि लाग्ने होइन। कसैले यो पक्ष र त्यो पक्ष भनेर त्यस्तो गर्ने होइन।’

गुटबन्दी गरेर, पक्ष, विपक्ष गरेर, जालझेल गरेर कोही पनि सफल नहुने भएकाले पार्टीका नेता, कार्यकर्ताहरूले त्यसको पक्षमा लाग्न नहुने ओलीको तर्क थियो।

उनले भने, ‘पार्टीको पक्षमा दृढताका साथ उभिने। पार्टीका नीति सही छन्, विचार सही छन्। पार्टीले लिएका कार्यक्रम सही छन्। पार्टीले गरिरहेका काम सही छन्। पार्टीले ठिक व्यवहार गरेको छ, ठिक आचारण प्रस्तुत गरिरहेको छ। यो कुरामा विश्वास गर्ने र पार्टीमा निष्ठापूर्वक सक्रियताका साथ काम गर्ने। यसका लागि म साथीहरूलाई सफलता मिलोस् भन्दैगर्दा तपाईंहरूले कसरी काम गर्नुपर्छ, कसरी सफल हुनुपर्छ भन्ने पनि बताउन चाहन्छु। गुटबन्दी गरेर, पक्ष, विपक्ष गरेर, जालझेल गरेर कोही पनि सफल हुँदैन। जालझेलको दायरा सानो हुन्छ। सफलताको दायरा फराकिलो हुन्छ। जालझेलबाट एक छिन सफलता मिलेजस्तो भए पनि सफलता मिल्दैन। त्यो सानो दायरामा झन् खुम्चिन्छ।’

उनले अगाडि भने, ‘किनभने जत्रै ठूलो भने पनि जाल भनेको समुद्र समेट्दैन त्यसले। जालले सिँगै तलाउ समेट्दैन। त्यो त एक छेउमा हान्ने हो। यो जाल भनेको पनि एक छेउमा हान्ने चिज हो क्या। तसर्थ हामीले बृहत्तर अभ्यास गर्नुपर्दछ। सानोतिनो कुरामा अल्झिने होइन, सानोतिनोमा अल्झिएको अभ्यास होइन। म साथीहरूलाई यही आग्रह गर्न चाहन्छु।’

त्यस अवसरमा प्रधानमन्त्री ओलीले एमाले प्रवेश गरेकाहरूलाई पार्टीमा इमानदारिताका साथ काम गर्न पनि आग्रह गरे। न्युज एजेन्सी नेपाल

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । ठगी आरोपमा झापा मेचिनगरका प्रदीप राउतलाई प्रहरीले पक्राउ गरेको छ। बैंकिङ कसुर मुद्दामा संलग्न रहेको भन्दै महाराजगञ्ज प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। राउतविरुद्ध १९ लाख ५० हजार र १५ लाख गरी दुईवटा चेक बाउन्सको जाहेरी परेको थियो। मेनपावर व्यवसायको आडमा ठगी गर्दै आएका उनले करोडौंको जग्गा किन्ने बहाना गर्दै धनाढ्य व्यक्तिहरूलाई जालमा पार्ने […]

हरिनगर। हरिनगरा बहुमुखी कलेजमा संचालन भैरहेको B. Ed. प्रथम बर्षको बार्षिक परिक्षा सौहार्दपूर्ण वातावरणमा संचालन भैरहेको छ । सुनसरी स्थित हरिनगर गाउँपालिकामा रहेको पूर्वाञ्चल विश्वविद्यालयबाट मान्यता प्राप्त हरिनगरा बहुमुखी कलेजमा संचालन भैरहेको B. Ed. प्रथम बर्षको बार्षिक परिक्षा सौहार्दपूर्ण वातावरणमा संचालन भैरहेको कलेज प्रमुख बलराम मण्डलले बताउनु भयो। स्थानिय तहमै कलेज स्थापना भएपछि बाहिर गएर […]

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]