०६ माघ २०८१, आइतबार
19-01-2025 , Sun
×

वडा अध्यक्ष र प्रधानाध्यापक सहितका सरकारी व्यक्तिले दलित भएकै कारणले घरमा तोडफोड गरेको आरोप

Logo
नमो संवाददाता प्रकाशित बिहिबार, साउन २४, २०८१

सुनसरी। सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका ७ नर्सिङमा दलित सुकुम्बासी ५४ वर्षिय शिवन मरिकले आफू दलित भएको कारणले विभेदपूर्ण तरिकाले घरमा सरकारी व्यक्तिहरुले तोडफोड गरेको आरोप लगाउनुभएको छ । साउन २३ गते सुकुम्बासी र मरिक भएको कारणले भोक्राहा नर्सिङ गाउँपालिका ७ को जनता मावि नरसिंहका प्रधानाध्यापक जदुलाल साह र सोही वडाका वडा अध्यक्ष बौवालाल यादवले प्रहरी समेतको सहयोगमा अनाधिकृत रुपमा घरमा पसि अरुको घर होईन मरिकको घर स्कूलको जग्गामा छ भन्दै तोडफोड गरेको मरिकले आरोप लगाउनुभएको हो ।

पीडित मरिक परिवार सहित अन्यायमा परेको भन्दै न्यायका लागि पहल गरि दिन भन्दै साउन २३ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग कोशी प्रदेश कार्यालय विराटनगरमा इमेल मार्फत उजुरी दिनुभएको छ । नसिर्ङको जनता मावि स्कुलको जग्गामा ७० बढी घरटहरा र पक्की संरचना समेत रहेकोमा अरुलाई केही नगरी, नभनि आफू मरिक दलित सुकुम्बासी भएको कारणले घरमा बस्न नदिने, दैलौमै रोक्दै वाल तोडफोड गरेको पीडित शिवन मरिकले बताउनुभयो । मरिकको घरमा सरकारी व्यक्तिहरुले तोडफोड गरेको घटनाको बारेमा पीडितलाई न्यायको लागि पहल सम्बन्धित निकायले ध्यान दिनुपर्ने अधिकारकर्मी सोनी यादवको कथन छ ।

पीडित मरिकले भने आफ्नो आबासको अधिकार खोसिएको र दलित भएको जातीय भेदभाव सहित अर्को व्यवस्था नगरी जातीय विभेद सहित तोडफेड गरेकोले क्षतीपुर्ती समेतको माग गर्नुभएको छ ।

यता इन्सेकले भोक्राहा नर्सिङ गाउँपालिका ७ को जनता मावि नरसिंहका प्रधानाध्यापक जदुलाल साहलाई फोन गरि के घटना भएको र मरिक माथि किन भेदभाव सहित घरमा तोडफोड गरेको विषयमा सोध्दा घर नभत्काएको तर पक्की संरचना नबनाउन भन्दै केही इटा झारी दिएको प्रतिकृया दिनुभयो । सरकारी जग्गा भएकाले पक्की संरचनामा रोक लगाएको तर विभेद नगरेको दावी गर्नुभयो ।

भोक्राहा नरसिंह वडा नंम्बर ७ का वडा अध्यक्ष बौवालाल यादवले प्रहरी र प्रधानाध्यापकले बोलाएपछि घटनास्थलमा पुगेको तर अनाधिकृत रुपमा घरमा पसेर तोडफोड नगरेको प्रतिकृया दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । हरिनगरामा रहेको उपयुक्त कृषि सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभा सम्पन भएको छ । हरिनगर गाउँपालिका वडा नं. – ४ हरिनगरा स्थित रहेको हरिनगरा माध्यमिक विद्यालयको सभाहलमा गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतको प्रमुख आतिथ्यमा सभाको आयोजना गर्दै आर्थिक बर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभा सम्पन भएको हो। सभामा […]

बराहक्षेत्र । सुनसरी जिल्ला स्थित बराहक्षेत्र नगरपालिका ११ मधुवन स्थिति रहेको दाजु भाइ कृषि फर्मले विगत विगतको ४ बर्ष देखि च्याउ खेती तर्फ आकर्षित भएका छन । वैदेशिक रोजगारबाट फर्केर आएका भरत र रोसन दाजु भाइले च्याउ खेती गर्दे आएको हो। पहिलोपटक २ सय सिलिन्डर अर्थात पोक्का बाट च्याउ खेती गरिएको थियो । भने अहिले […]

हरिनगर । विशेष सूचनाका आधारमा खटिएको ईलाका प्रहरी कार्यालय देवानगञ्ज र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले हरिनगर गाउँपालिका – ७ कविलासा टोलको भित्री सडक खण्डबाट १०७.८ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। टोलीले को १ ह २२६१ नम्बरको अटोमा प्लास्टिकको चार वटा बोरामा लुकाएर ल्याइएको लागू औषध गाँजासहित अटो चालक देवानगञ्ज गाउँपालिका–२ का २० […]