२७ भाद्र २०८१, बिहिबार
12-09-2024 , Thu
×

घुमुवा प्रहरी राख्न नपाउने गृहको आदेश उलङ्घन गर्दै मोरङमा एसपीकै नेत्तृत्वमा तस्करी

Logo
नमो संवाददाता प्रकाशित शुक्रबार, साउन २५, २०८१

तस्विर : नमो अनलाइन

विराटनगर । पछिल्लो समय मोरङका बोर्डरहरुमा व्यापक तस्करी भईरहेको छ । यस विषयमा विभिन्न संचार माध्यमहरुमा पटक पटक समाचारहरु प्रकाशनहरु भईसकेका छन् । बिवादित भएपछी केहि समय चुपलागेर बसेपनी पुन तस्करहरुसंग मोटो रकम लिएर तस्करी गराउन एसपी नवराज कार्की आफै लागिपरेका छन् ।

‘गृहमन्त्रीको पन्ध्रौँ निर्णयमा उल्लेखित भए अनुसार सादा पोसाकमा प्रहरी नराख्ने भनिएता पनि यो निर्णयलाई वास्ता नगरी सादा पोसाकमा घुमुवा प्रहरी हौँ भन्दै तस्करसँग साँठगाँठ गरी रातमा लाइन चलाएर भन्सार नतिरी सामान ओसारपसार भइराखेको छ ।

निर्णयलाई मध्यनजर गर्दै अगाडिका डिआईजी राजेशनाथ बाँस्तोलाले धुमुवा प्रहरीहरुलाई हटाएका थिए । तर मोरङ प्रहरी प्रमुख भएर नवराज कार्की आएसंगै बाँस्तोलाले सरुवा गरेर पठाएका प्रहरीहरुलाई पुन :बोर्डर केन्द्रित खटाएका छन् ।

तस्करहरुसंग लाईन मिलाएर अबैध रकम असुल्न प्रहरीहरुको गिरोह नै सक्रिय रुपमा लागिपरेको छ । एसपी नवराज कार्की मोरङ आए लगतै बिवादित प्रहरीहरुलाई सादा पोसाकमा खटाएर अहिले तस्करहरुसंगको मिलेमतोमा प्रहरीहरु नै तस्करीमा संलग्न भएका छन् ।

मोरङको सिमानाकामा कस्ले गर्छ तस्करी?
लामो समयदेखि कपडा तस्करीमा सक्रिय सवनम, धिरु काली, बब्लु, मिथुन, गुड्डु लगायतले प्रहरीलाई मासिक ३ लाख सम्म रकम बुझाउने गरेका छन् । जसका कारण उनीहरूले कुनै रोकटोक तस्करी गरिरहेका छन् । यस्तै लामो समयदेखि सुन र पैसा तस्करी गरिरहेका मर्गुव मिँयाले मासिक १ लाखभन्दा बढी रकम बुझाउने गरेका छन् । लामो समयदेखि तस्करी गर्दै आएका सौरभले पनि मासिक १ लाख ५० हजारसम्म माथिल्लो निकायलाई बुझाउँछन् ।

लामो समयदेखि सुपाडीको तस्करी गर्दै आएका मुन्ना सुपारीले सिमानाकामा भएका प्रहरी र घुमुवा प्रहरीहरुलाई मासिक ३० देखि ६० हजार बुझाउँछन् । यसैगरी कवाडीको तस्करी गर्ने देवु शाह, किरानाको तस्करी गर्ने रोसनी र किरानाकै तस्करी गर्ने विनोदले मासिक १ लाखसम्म रकम बुझाउने गरेका छन् । यि त विराटनगर आसपासमा रहेर तस्करी गर्ने तस्कर हुन । यि बाहेक मोरङमा रहेका विभिन्न नाकाबाट तस्करी गर्ने तस्करहरूले मासिक रूपमा स्थानिय प्रहरी चौकी र मोरङ प्रहरी प्रमुख सम्मलाई रकम वुझाउने गरेको प्रहरी स्रोतले बताउँछ । मोरङमा प्रहरीहरुले मासिक ३० लाख सम्म रकम अशुल्ने गरेका छन् । जुन रकम माथिल्लो निकाय सम्मलाई बुझाउने गरेका छन् ।

पछिल्लो समय रातीमात्र तस्करी हुनेगरेको स्थानिय बताउँछन् । रातको समयमा दरैया, ईस्लामपुर, बखरी, मटिहर्वा लगायत मोरङका दर्जनौँ खुल्ला नाकाबाट अटो र सिटीमा सामान कटाउने गरिएको स्थानियको भनाई छ । तस्करीको सामान ल्याएको देख्दा समेत जनपथ प्रहरी र शसस्त्र प्रहरी मौन बस्छन् । जुन ब्यक्तिबाट पैसा असुली गरेको छ त्यो ब्यक्तिलाई रोकिँदैन । तर पैसा नबुझाएका ब्यक्तिलाई भने पक्राउ गर्ने गरेका छन् । स्थानियले घरायसी प्रयोगका लागि सामान ल्याउँदा कर तिर्न बाध्य भएपनि प्रहरी कै संरक्षणमा तस्करले मोटो रकमको सामान भित्¥याउन पाइरहेका छन् ।

पैसा उठाउन को खट्छन् ?

‘गृहमन्त्रालयको पन्ध्रौँ निर्णयमा उल्लेखित भए अनुसार सादा पोसाकमा प्रहरी नराख्ने भनेसंगै हटाईएका सादा पोसाकका प्रहरीहरु एसपी नवराज कार्कीले विभिन्न जिल्लामा पठाईएका प्रहरीहरुलाई पुन: मोरङ ल्याएर तस्करहरुसंग मोटो रकम असुल्न लगाईरहेका छन् । तस्करहरुसंग मिलेमतोका कारण विवादित बनेका राजेन्द्र कटवाल र सरोज यादव भने सरुवा भई सकेका छन् । विवादित भएपछी केहिदिन चुप लागेर बसेका प्रहरीहरु पुन अवैध रकम असुली धन्दामा लागेका छन् ।
हवल्दार बिनोद यादव

उदयपुर जिल्ला प्रहरी कार्यालयमा सरुवा भएपनी पावर र पहुँचको भरुमा मोरङ जिल्ला प्रहरी कार्यालय मातहतमा बसेर मोरङ आसपासमा तस्करीमा सक्रिय तस्करहरुसंग मोटो रकम असुल्नेमा पर्छन यादव । प्रहरी सुत्रका अनुसार मोरङ जिल्लामा पटक पटक सरुवा भएर आई घुमुवा प्रहरीका रुपमा कार्यरत रहदै आएका यादव तस्करहरुसंग उठाएको रकम माथिल्लो निकाय सम्म पुर्याउने गर्छन जस्को कारण कोशी प्रदेशमा आएका डिआईजी सम्मले उनलाई सरुवा भए पनी सरुवा गर्न सक्दैन्न् । प्रहरी सुत्रका अनुसार यादवलाई कोशी प्रदेशकै माथिल्लो निकायले बोर्डर केन्द्रित खटाउने गरेका छन् । केहिदिन चुप लागेर बसेका यादव पुन बोर्डर केन्द्रित तस्करहरुसंग मिलेर तस्करी गराउन लागिपरेका छन् ।

बरिष्ठ हवल्दार राजमंगल सिंह

मोरङ जिल्लामा पटक पटक सरुवा भएर आई घुमुवा प्रहरीका रुपमा कार्यरत रहदै आएका सिंह आफुलाई सिंह राजा झै गर्जदै अवैध रकम उठाउन खप्पीस छन् । तस्करहरुसंग साठ गाँठ कसेका राज मंगल केही विवादमा आए पछी केहि दिन अयन्त्र जिल्ला सरुवा भए जस्तो गर्छन् । तर मंगल विना प्रहरीले साँठ गाँठ गर्न नसकेका कारण पुनस् उनी पटक पटक मोरङ आउने गर्छन मानौ मोरङ उनको ससुराली हो । न त उनलाई एसपीले नै सरुवा गर्न सक्छन् न डिआजीले नै मानौ उनी बरिष्ठ हवल्दार भएर पनी डिआईजी भन्दा माथी छन् । मोरङ जिल्लाका बोर्डरमा घुमुवा प्रहरीको रुपमा कार्यरत सिंह लामो समय देखी अवैध रकम असुल्दै आएका छन् ।

 

प्रहरी जवान पिन्टु यादव

प्रहरी जवान पिन्टु यादव माथिल्लो निकायले बोर्डमा खटाएका एक प्रहरी हुन् । प्रहरी सुत्रका अनुसार यादव जिल्ला मातहतमा रहेर तस्करहरुसंग साँठ गाँठ गर्छन र तस्करीमा तस्कर भएर काम गर्छन् । बेला बेला अयन्त्र जिल्ला जाने गरेपनी उनी पुन बोर्डरकोे हावा खाना आउने गर्छन मानौ तस्करहरुसंग मिलेर तस्करी गराउन आईपुग्छन् । न त उनलाई डिआजीले नै सरुवा गर्न सक्छन् । हुनत दुध दिने गाईलाई कस्ले लखेट्छ र त्यस्तै छन् पिन्टु यादव पनी । मोरङ केन्द्रित बोर्डरमा बसेर तस्करहरुसंग रकम उठाउँछन् धाक भने डिआईजी भन्दा माथीको राख्छन् एक प्रहरीले नाम नखुलाउने सर्तमा बताए ।

कार्कीको नेत्तृत्वमा तस्करी व्यापक भएको रिपोर्ट पुगेपछि केही समय अगाडि आइजीपी बसन्त कुँवरले एसपी कार्कीलाई हेडक्वाटर तान्न खोजेका थिए । तर, उनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी चन्द्रकुवेर खापुङको सहयोगले हेडक्वाटर तानिनबाट जोगिएको प्रहरी अधिकारीहरू बताउँछन् ।

कोशी प्रदेशको महत्त्वपूर्ण नाकाको रुपमा रहेको जोगवनी नाका लक्षित सरकारी अड्डामा सरुवा मिलाउन प्रहरी अधिकारीहरूबिच ठुलो लेनदेन हुने गरेको छ । यस्ता गतिविधिको मुख्य निसाना नै तस्करीको लाइन मिलाएर अवैध रकम असुल्नु रहेको छ ।

यस विषयमा बुझ्दा प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी चन्द्रकुवेर खापुङले प्रदेश कार्यालयले सादा पोसाकका प्रहरी नखटाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख नवराज कार्कीले छटाएकाले कार्कीसंगै बुझ्न भने । तस्करहरुसंग उठाएको रकम सापुङ सम्म पुग्ने प्रहरी स्रोतले बताउँछ । -राष्ट्रिय डेली 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । विराटनगर स्थित जुद्ध म्याच फ्याक्ट्री (सलाई उद्योग) का श्रमिक मान बहादुर गुरुङले एक दशकको पारिश्रमिक एकमुष्ट पाइन्छ भन्ने आस मारेका छैनन् । २१ वर्षदेखि पारिश्रमिकको पर्खाइमा रहेका उनी बुढेसकालमा पसिनाको मूल्य कुरिरहेका छन् । तेह्रथुमबाट जागिर खान उद्योगमा पुगेका उनी २०३९ साल देखिका स्थायी कर्मचारी हुन् । २०६३ सालमा सुरेन्द्रलाल सुवालले उद्योगको अध्यक्ष […]

हेटौँडा । एक साताअघि हेटौँडा उपमहानगरपालिका-१० बसपार्कस्थित होटलको कोठामा युवतीको हत्या गरी फरार भएका  समिर खानलाई प्रहरीले सोमबार अपरान्ह हेटौँडाबाटै पक्राउ गरेको छ । होटलको कोठामा हेटौँडा उपमहानगरपालिका-११ सरस्वतीकी २३ वर्षीया एलिसा न्यौपानेको हत्या गरेर फरार भएका हेटौँडा उपमहानगरपालिका-४ का ३२ वर्षीय समिर खान भन्ने चाँद खाँ पैठानलाई हेटौँडा उपमहानगरपालिका-५ लटिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरेको […]

देवानगञ्ज । पिता परमेश्वरको नाममा विभिन्न प्रलेभनमा पारी स्व धर्म धर्म त्याग्न लागाई क्रिस्चियन बनाएकाहरु पुनः सनातन धर्म हिन्दुमै फर्कन थालेका छन् । सुनसरीको देवानगञ्ज गाउँपालिकाका दुई हजार बढीलाइ एक कार्यक्रमको आयोजना गरी मन्त्र उच्चारणका साथ स्वधर्ममा फर्काएका छन्। देवानगञ्जका यतिका मानिसलाई विश्व हिन्दू परिषद नेपालका धार्मिक अभियन्ताहरुले पहल गरेर पुनः हिन्दू धर्ममै फर्काएका हुन् […]