१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

नेपाल शिक्षक महासंघ बर्जुद्वारा बिभिन्न माग राख्दै पालिकालाई ध्यानाकर्षण

Logo
ब्रहमदेव मेहता प्रकाशित मंगलबार, भाद्र १२, २०८०

तस्विर : ब्रहमदेव मेहता/नमो अनलाईन

देवानगञ्ज । सुनसरीको बर्जु गाउँपालिकामा नेपाल शिक्षक महासंघ बर्जुले शिक्षा क्षेत्रमा भएको बिभिन्न समस्याको बारेमा जानकारी गराउँदै ध्यानाकर्षण पत्र बुझाएको छ ।

बर्जु गाउँपालिकाका अध्यक्ष जिबछ कुमार राय विभिन्न गोष्ठी तथा सामाजिक सञ्जाल मार्फत गाउँपालिकालेशै क्षिक क्षेत्रको सर्वाङ्गीण विकासको लक्ष्य राखेको अभिव्यक्ति प्रति नेपाल शिक्षक महासंघ बर्जु तथा पेशागत शैक्षिक संस्थाहरुले एक्यबद्दता जनाउँदै उक्त लक्ष्यलाई मूर्त रुप मिलोस भन्ने अभिप्रायले बर्जु गाउँपालिका तथा पालिका अन्तर्गतको शिक्षा समिति लाई ध्यानाकर्षण पत्र बुझाएका हो ।

शिक्षामा अपेक्षाकृत सुधार ल्याउनको लागि शिक्षकको मनोवल बढाउन, शिक्षकको पेशागत सुरक्षा गरी आवश्यक पूर्वाधारहरुको व्यवस्था गर्न बर्जु गाउँपालिकालाई बुंदागत रुपमा ध्यानाकर्षण गराएका छन् ।

संवाद, छलफल तथा अन्तरक्रिया पछिको निर्णय उद्देश्यपूर्ण हुन्छ र जुन संस्थाले जति संवादछ लफल अन्तरक्रिया गर्छ त्यसको कार्य प्रक्रिया त्यतिनै प्रभावकारी हुन्छ तर बर्जु गाउँ शिक्षा समिति तथा शिक्षा शाखाले लामो समय देखि प्र.अ. वैठक, स.का. वैठक, विषयगत शिक्षक वैठक, प्र.अ. वि.व्य.स. बिचको अन्तरक्रिया नगरेकोले शिक्षा क्षेत्र कमजोर हुँदै गएको शिक्षक महासङ्घलाई महसुस भएकोले तत्काल नियमित रुपमा कम्तिमा महिनाको एक पटक उपरोक्त लिखित वैठकहरु तथा शिक्षक, प्र.अ., वि.व्य.स., अभिभावक र स्थानीय जन प्रतिनिधि बिच प्रत्येक वर्ष अन्तक्रिया कार्यक्रम राख्न बर्जु गाउँ शिक्षा समिति तथा शिक्षा शाखाको ध्यानाकर्षण गराईएको नेपाल शिक्षक महासंघ बर्जुका अध्यक्ष बिजय कुमार चौधरीले बताउनु भयो ।

बर्जु गाउँपालिकाले जारी गरेको स्थानीय शिक्षा ऐन २०७९ का केही दफाहरु संघीय शिक्षा ऐन संग बाझिएको हुनाले उक्त दफाहरु अविलम्ब संशोधन गरिनुपर्ने समेत माग गरेका छन् ।

 

महासंघले बुझाएको ध्यानाकर्षण पत्र :

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । सुनसरीको रामधुनीमा रहेको जीविका कृषि सहकारी क्याम्पसले अघिल्लो शैक्षिक सत्रमा एक जना पनि विद्यार्थी भर्ना गर्न सकेन । सहकारी मोडलमा सञ्चालित कलेजले विएसी एजीका विद्यार्थी पाउन छाडेको हो । विश्वविद्यालयले एक पटक मात्र प्रवेश परीक्षा लिने र अधिकांश विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण गर्न नसक्दा समस्या बढ्दै गएको छ । कृषि तथा वन विज्ञान […]

बिराटनगर । लगातार तिन दिन देखि UCMS भैरवाहाका विधर्थीहरु प्रिन्सिपल लाई मेडिकल कलेज भित्रै कैद गरी बिभिन्न माग राखी आन्दोलनमा छन्। UCMS मिति २०८० असोज २४ गते बुधवार सुचना जारी गर्दै आन्दोलनरत बिद्यार्थीहरुलाई वार्तामा आउन अह्वान गरेपनि बिधार्थीहरुले प्रिन्सिपललाई कैद मुक्त नगरी आन्दोलनलाई जारी राखेको छ। यता बिद्यार्थीहरुले व्यक्तिगत रिसिबिसीका कारण प्रिन्सिपललाई थुनिएको आन्दोलन गरिरहेकै […]

हरिनगर । आज ५९ औँ राष्ट्रिय बाल दिवस देशभर मनाइँदै छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाई रहेका छन् । सोही अवसरमा सुनसरीको हरिनगर गाउँपालिका वडा नं. – ३ गौतमपुर स्थिति रहेको श्री जनता माध्यमिक विद्यालयले भव्य कार्यक्रमको आयोजना गरी हर्सो उल्लासका साथ बालदिवस मनाएका छन् […]