०१ चैत्र २०८१, शनिबार
15-03-2025 , Sat
×

पालिका अध्यक्ष मेहताद्वारा विद्यालय भवन उद्घाटन

Logo
ब्रहमदेव मेहता प्रकाशित आइतबार, साउन २७, २०८१

देवानगञ्ज । सुनसरीकाे देवानगञ्ज गाउँपालिका वडा नं. ३ पाँचौसिम्मर स्थित रहेको श्री माध्यमिक विद्यालयमा नव निर्मित भवनको उद्घाटन गरिएको छ।

आईतवार देवानगञ्ज गाउँपालिकाका अध्यक्ष वेचन प्रसाद मेहताको प्रमुख आतिथ्यमा नव निर्मित आठ कोठे भवनको उद्घाटन गरिएको हो।

अध्यक्ष मेहता स्थानीय सरकारको बागडोर समाहले पछि शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई पहिलो प्राथमिक्तामा राखी कार्य गर्दै आइरहेको छ । सोही अनुरुप लामो समय देखी जिर्ण भवनमा पठन-पाठन गर्न बाध्य रहेका विद्यार्थिहरुको लागि नयाँ भवन निर्माण गरी विद्यालयलाई जिम्मा लगाएका छन् ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मेहताले शिक्षाको गुणस्तर सुधारका लागि देवानगञ्ज गाउँपालिकाले बजेटमा प्राथमिकता दिएर भौतिक संरचना निर्माणका साथै खेलकुद, अतिरिक्त क्रियाकलाप, शैक्षिक महोत्सव, दिवा खाजा लगायत कार्यक्रम अगाडि सारेको बताए ।

नयाँ बनेको भौतिक संरचना विद्यालयका लागि महत्वपूर्ण संरचनाका रुपमा स्थापित भएको बताउँदै मेहताले हाल देवानगञ्ज क्षेत्रभित्रका विद्यालयहरुमा हरेक दिनजसो अनुगमन भइरहेको उल्लेख गरे । उनले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषिमा उत्तिकै प्राथमिकताका साथ पालिका अगाडि बढेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका–१ रामनगर भुटाहाका लोदाई बहरदारका छोरा राहुल बहरदारले आज बिहान आ त्म हत्या गरेका छन्। उनले आफ्नो घरभन्दा करिब डेढ किलोमिटर पश्चिममा रहेको मकैबारीमा मसला रुखमा झुन्डिएर ज्यान लिएका हुन्। स्थानीयहरूका अनुसार राहुल केही दिनदेखि मानसिक तनावमा देखिएका थिए। उनी प्रेमीकाको विवाह अरू कसैसँग भएको खबर पाएपछि चिन्तित भएका थिए। स्थानीयहरूले […]

देवानगञ्ज । सुनसरी स्थित देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जबाट ३९ के.जी गाजा सहित ईलका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख कमल विष्टको नेतृत्वमा खटेको प्रहरी टोलिले एकजनालाई पक्राउ गरेको छ। अरविन्द कुमार यादवको घरमा लुकाई राखेको अवस्थामा इलाका प्रहरी कार्यालय देवानगञ्ज, कोशी प्रदेशका PIT शाखा र जिल्ला प्रहरी कार्यालय सुनसरीको सादा पोसाकको संयुक्त टोलिले २०८१ सालको […]

हरिनगर । हरिनगरामा रहेको उपयुक्त कृषि सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभा सम्पन भएको छ । हरिनगर गाउँपालिका वडा नं. – ४ हरिनगरा स्थित रहेको हरिनगरा माध्यमिक विद्यालयको सभाहलमा गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतको प्रमुख आतिथ्यमा सभाको आयोजना गर्दै आर्थिक बर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभा सम्पन भएको हो। सभामा […]