०६ माघ २०८१, आइतबार
19-01-2025 , Sun
×

आज भदौ ०३ गते सोमबारको तपाईको राशिफल

Logo
नमो संवाददाता प्रकाशित सोमबार, भाद्र ०३, २०८१

तस्विर : नमो अनलाइन

आज मिति वि.सं.२०८१ भदौ ०३ गते सोमबार ई.सं.२०२४ अगस्त १९ नेपाल सम्बत ११४४ गुंलाथ्व पुन्हि, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, श्रावण शुक्ल पूर्णिमा, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, शोभन योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५:३६ बजे भयो भने सूर्यास्त साँझ ०५:३७ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दौडधुप बढ्नेछ । आफ्नै कमजोरीका कारण हातबाट अवसर गुम्न सक्ने समय भएकोले ध्यान दिएर काम गर्नु उचित होला । विशेष सचेतना र मेहनत लगाए अवसर पाइनेछ । सत्कार्यमा जुट्नाले लाभ नै मिल्नेछ । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुर्ने योग छ । कठोर मिहिनेतले काम बढ्नेछ । दिनको पूर्वर्द्ध चुनौतीयुक्त रहेपनि उत्तरार्धदेखि अनुकूलता आउनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): कीर्तिमानी काम सम्पादन गर्न सकिने समय छ । नयाँ काममा हात हाल्ने समय आएको छ भने मान-विद्या प्राप्त हुने योग छ । टाढाको यात्रा पनि हुन सक्छ । प्रतिष्ठित कामका कारण अलग वर्चश्व कायम हुन सक्छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । दाम्पत्यसुख वृद्धि हुनेछ । सन्तान पक्षबाट सन्तुष्टि मिल्नेछ । सुख बढ्नेछ । आरोग्यता रहला । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): उच्च महत्वाकांक्षाको प्रभावले सोचेको काम पूर्ण रुपमा सम्पादन हुनसक्ने समय छ । आजको् दिन मित्रजनबाट विशेष फाइदा उठाउन सकिएला । खर्च लागे पनि आज चिताएको काम बन्ने योग छ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । झमेलाका बाबजुद हिम्मतले काम बनाउन सकिनेछ । लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ । पराक्रम वृद्धि भइ शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कर्मबल बढेपनि समय केही चुनौतीयुक्त छ । खर्च बढ्ने र आर्थिक अभावले सताउन सक्छ, तथापि विपरीतलिंगी वा हितैषीहरूले साथ दिनेछन् । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । स्वास्थ्य केही कमजोर रहन सक्छ, तर कामको बोझ भने बढ्नेछ । सफलताको लागि गोपनीयतामा विशेष ध्यान दिनु हितकर हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आजको दिन विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ । सवल स्वास्थ्यका लागि खानपानमा सजक रहनु हितकर होला । प्रेमको प्रस्ताव पनि प्राप्त हुन सक्छ । व्यस्तता बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): नयाँ काममा हात हाल्ने समय आएको छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । विशेष उपहार हातलागी हुने सम्भावना छ । भोगविलासमा मन रमाउला । कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा हुने दिन छ । अध्ययन तथा अध्यापनमा पनि प्रगति होला । पराक्रम बढ्नेछ । आफन्तको साथ प्राप्त होला । समस्याको समाधान मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): प्रेम र मित्रताको बन्धन कसिने समय छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । रोकिएका काममा पुनः प्रयास गर्दा सफलता मिल्नेछ । परिवारिक भेटघाटले मनमा आनन्द मिल्नेछ । साथीभाइले काममा सहयोग जुटाउन सक्छन् । विपरीत लिंगीहरूको माध्यमबाट बढी लाभ हुने योग छ । मिठो भोजन प्राप्त हुनेछ । व्यपार-व्यवसायमा अनुकुलता रहनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन अलिक चुनौतीयुक्त रहला । धनमाल हराउने वा ठगीमा परिने योग छ । अलिक भ्रममा परिएला । विशेष अवसर प्राप्त भए पनि इर्ष्या गर्नेहरूले दुःख दिन सक्छन् । आफ्नाबाटै धोका पाइनेछ । अनावश्यक खर्च पनि बढ्न सक्छ । स्वास्थ्यमा केही कमजोरी र काममा अवरोध आउनाले मन खिन्न रहला । परिवारिक सुख रहनेछ, केही खर्च बढेपनि रोकिएको काम बन्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आम्दानी भन्दा ज्यादा खर्च गर्नुपर्ने समय छ । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । आज ठूला ब्यक्तिबाट मानसम्मान प्राप्त हुने योग पनि छ । मिष्ठान्न भोजन मिल्ला । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिनेछ । अर्थअभावले काम रोकिने सम्भावना छ, ध्यान राख्नुहोला । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्ने ग्रहयोग छ । तर दिगो आम्दानी हुने काम सुरु हुने समय छ । विगतका कमजोरी सच्याउने मौका मिल्ला । विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ । धनलाभ होला । विशेष आशा देखाउनेहरूले फसाउन सक्छन्, सचेत रहनुहोला । तथापि, नियमकानूनले साथ दिनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउन सक्छ । यात्रा र सवारी साधन उपयोग गर्दा पनि आज विशेष सावधानी अपनाउनु सहतकर होला । पढाइमा पनि आज खासै राम्रो छैन । उठ्नुपर्ने रकम हातलागी नहुँदा आर्थिक अभावले सताउन सक्छ । दायित्व वृद्धि हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दिन खासै उत्साहजनक नरहला । जिम्मेवारीका काम समयमा सम्पादन गर्न सकिनेछैन । सोचेको काम समयमा नबन्नाले दुःख पाइनेछ । नियमित कामको चिन्ताले सताउन सक्छ । केही अवसर जुटे पनि आज परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । वार्तामा सफलता मिल्नेछ ।

तपाईको दिन शुभ रहोस्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ। संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद मेहताको अध्यक्षता, उपाध्यक्ष विभा कुमारी यादव तथा सभा सचिवको रुपमा प्रमुख प्रशासकीय अधिकृत सुधिर साफी लगायत सभा सदस्यहरुको उपस्थितिमा गाउँ सभा सम्पन्न भएको हो। सभामा गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले संसोधनका प्रस्तावहरुमा कार्यपालिका निर्णयहरु तथा गाउँपालिका […]