०१ चैत्र २०८१, शनिबार
15-03-2025 , Sat
×

धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रसिद्ध बडिमालिकामा आज मेला लाग्दै

Logo
नमो अनलाईन प्रकाशित सोमबार, भाद्र ०३, २०८१

तस्विर : नमो अनलाइन

बाजुरा । सुदूरपश्चिम प्रदेशकै धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रसिद्ध बाजुराको बडिमालिकामा आज (आइतबार) मेला लाग्दैछ । हरेक बर्षको भाद्र शुक्ल चतुर्दशी जनैपूर्णिमाको अघिल्लो दिन शक्तिपिठ बडिमालिकामा मुख्य पूजा गर्ने गरिन्छ ।

बडिमालिकामाईको पूजाका लागि बाजुरासहित डोटी र जुम्लाबाट सरकारी टोली बडिमालिका पुगिसकेको छ । बाजुराका चार शक्तिपीठ बडिमालिका, बूढीनन्दा, बडालेक र सुनन्दामा साउन पूर्णिमाको अघिल्लो दिन परम्परा अनुसार एकसाथ पूजा गर्ने परम्परा छ । उक्त क्षेत्र समुद्री सतह देखि ४ हजार २ सय १६ मिटर उचाईमा रहेको छ ।

सुदूपश्चिमकै धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकाको दर्शनका लागि देशका विभिन्न जिल्ला सहित भारतबाट समेत हरेक वर्ष भक्तजन आउने गरेका छन् । त्रिबेणीमा स्नान गरी बडिमालिका माताको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृहरु तर्नुको साथै आफूले चित्ताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ बर्षेनी हजारौं भक्तजनहरु पुग्ने गर्दछन् । त्यसैगरि आजै प्रसिद्ध धार्मिक महत्व बोकेको क्षेत्र बुढीनन्दामा पनि भव्य पूजाआजा गरिदैछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका–१ रामनगर भुटाहाका लोदाई बहरदारका छोरा राहुल बहरदारले आज बिहान आ त्म हत्या गरेका छन्। उनले आफ्नो घरभन्दा करिब डेढ किलोमिटर पश्चिममा रहेको मकैबारीमा मसला रुखमा झुन्डिएर ज्यान लिएका हुन्। स्थानीयहरूका अनुसार राहुल केही दिनदेखि मानसिक तनावमा देखिएका थिए। उनी प्रेमीकाको विवाह अरू कसैसँग भएको खबर पाएपछि चिन्तित भएका थिए। स्थानीयहरूले […]

देवानगञ्ज । सुनसरी स्थित देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जबाट ३९ के.जी गाजा सहित ईलका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख कमल विष्टको नेतृत्वमा खटेको प्रहरी टोलिले एकजनालाई पक्राउ गरेको छ। अरविन्द कुमार यादवको घरमा लुकाई राखेको अवस्थामा इलाका प्रहरी कार्यालय देवानगञ्ज, कोशी प्रदेशका PIT शाखा र जिल्ला प्रहरी कार्यालय सुनसरीको सादा पोसाकको संयुक्त टोलिले २०८१ सालको […]

हरिनगर । हरिनगरामा रहेको उपयुक्त कृषि सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभा सम्पन भएको छ । हरिनगर गाउँपालिका वडा नं. – ४ हरिनगरा स्थित रहेको हरिनगरा माध्यमिक विद्यालयको सभाहलमा गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतको प्रमुख आतिथ्यमा सभाको आयोजना गर्दै आर्थिक बर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभा सम्पन भएको हो। सभामा […]