०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

ईसेवाले ऋण लिन मिल्ने फिचर ल्याउँदै

Logo
नमो संवाददाता प्रकाशित सोमबार, भाद्र ०३, २०८१

तस्विर : नमो अनलाइन

काठमाडौं । डिजिटल वालेट ईसेवाबाट ऋण लिन मिल्ने भएको छ । आइतबार सामाजिक सञ्जाल एक पोस्ट राख्दै ईसेवा लिमिटेडले यस्तो फिचर ल्याउने सङ्केत दिएको हो ।

“यदि तपाईंको वालेटले ऋण पनि दिन सक्यो भने के हुन्छ,” कम्पनीले उक्त पोस्टमा सोधेको छ ।

ईसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्काले ‘लोन’ फिचर ल्याउन लागेको पुष्टि गरे । “हाम्रो सिस्टम तयार भइसकेको छ,” सीईओ खड्काले टेकपानासँग भने, “ढिलोमा बुधबारसम्म लाइभ हुन्छ ।”

प्रयोगकर्ताले वालेट प्रयोग गर्दै आएको समय, उसले प्राप्त गरेको रिवार्ड्स पोइन्ट लगायतका विषयका आधारमा ऋण पाउने अनुमान गरिएको छ ।

कतिदेखि कतिसम्म ऋण पाइन्छ, ब्याजदर के हुन्छ, कहिलेसम्म तिरिसक्नु पर्छ, नतिरेको खण्डमा के हुन्छ भन्ने लगायतका विषय ‘लोन’ फिचर सार्वजनिक भएपछि नै थाहा होला ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । ठगी आरोपमा झापा मेचिनगरका प्रदीप राउतलाई प्रहरीले पक्राउ गरेको छ। बैंकिङ कसुर मुद्दामा संलग्न रहेको भन्दै महाराजगञ्ज प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। राउतविरुद्ध १९ लाख ५० हजार र १५ लाख गरी दुईवटा चेक बाउन्सको जाहेरी परेको थियो। मेनपावर व्यवसायको आडमा ठगी गर्दै आएका उनले करोडौंको जग्गा किन्ने बहाना गर्दै धनाढ्य व्यक्तिहरूलाई जालमा पार्ने […]

हरिनगर। हरिनगरा बहुमुखी कलेजमा संचालन भैरहेको B. Ed. प्रथम बर्षको बार्षिक परिक्षा सौहार्दपूर्ण वातावरणमा संचालन भैरहेको छ । सुनसरी स्थित हरिनगर गाउँपालिकामा रहेको पूर्वाञ्चल विश्वविद्यालयबाट मान्यता प्राप्त हरिनगरा बहुमुखी कलेजमा संचालन भैरहेको B. Ed. प्रथम बर्षको बार्षिक परिक्षा सौहार्दपूर्ण वातावरणमा संचालन भैरहेको कलेज प्रमुख बलराम मण्डलले बताउनु भयो। स्थानिय तहमै कलेज स्थापना भएपछि बाहिर गएर […]

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]